आऊ.... म कथा सुनाउँछु
पूर्वीय अध्यात्म तथा दर्शन परम्पराले द्रष्टाहरूको अनुभवलाई सुदूर भविष्यको लागि सञ्चय गरेर राख्न पुराणको आविष्कार गर्यो पुराणको शाब्दिक अर्थ, नयाँ शहर अथवा नयाँ परम्परा भन्ने लाग्छ पुराणमा उल्लेखित कथाहरू वर्तमान परिप्रेक्ष्यमा उडन्ते वा कपोलकल्पित जस्तो लाग्छन् । तर ती कथाको विम्बात्मक विश्लेषण गर्ने हो भने, तिनको गहिराइमा डुबुल्की मार्ने हो भने बोध र ज्ञानका दुर्लभ मोतीहरू पाइन्छन् । विभिन्न ऋषि, सन्त र सम्बुद्ध पुरुषहरूले ती कथाको प्रयोग आफ्नो प्रवचनमा गर्ने गरेको पाइन्छ आधुनिक कालका विद्वान धर्मगुरूहरू त कुनै एउटा धर्मको मात्र नभई विभिन्न धर्ममा चलिआएका नीति कथाका साथै अनेक प्रकारका कथाद्वारा आफ्नो प्रवचनलाई सिँगार्छन् ।
प्रस्तुत नीति तथा बोध कथाहरू रविशंकरद्वारा विभिन्न विषयमा दिइएका प्रवचनबाट सङ्कलन गरिएको हो ।
कृतज्ञता :
निकै अगाडिको कुरा हो । एकजना गुरू र उनका शिष्य गाउँ-गाउँ घुम्दै जनमानसलाई शिक्षा र ज्ञान प्रदान गर्ने गर्थे । वर्षाको समयमा • उनीहरूलाई यसरी हिँड्ने क्रममा निकै समस्या हुन्थ्यो । त्यसबेलाको लागि भनेर उनीहरूले एउटा पहाडको टुप्पोमा सानो कुटी बनाएका थिए ।
एक साँझ वर्षाको समयमा भिक्षाटन सकेर गुरु र शिष्य दुवै आफ्नो कुटीतर्फ फर्कदै थिए । कुटी नजिक आइपुगेपछि उनीहरूले भर्खरै थामिएको पानी र त्यससँगै आएको आँधीले उनीहरूको कुटीको आधा भाग भत्काएर लगेको थियो । यस्तो देखेर शिष्य निकै क्रोधित हुँदै आकाशतर्फ हेरेर ईश्वरसँग गुनासो गर्न थाल्यो ।
उसले भन्यो, हे ईश्वर ! हामी गुरु-शिष्य सम्पूर्ण जीवन तपाईकै सेवा गरिरहेछौँ । तपाईंलाई भने हाम्रो रत्ति चिन्ता छैन ? तपाईंको हृदयमा हाम्रा लागि अलिकति पनि दया छैन ?
तर थाहा छ गुरूले के गरे ?
उनले आकाशतर्फ हेर्दै प्रसन्न भएर भने, हे ईश्वर ! धन्य छौं हामी । सायद वर्षा र आँधीले हाम्रो कुटीलाई पूरै ध्वस्त पारेर लाने थियो । तर तिम्रो कृपाले गर्दा रात गुजार्नका लागि कुटीको आधा भाग भने बाँकी रह्यो । हामीप्रति तिम्रो प्रेम अपार छ ।' गुरूको हृदयमा ईश्वरका लागि अथाह कृतज्ञताको भाव उर्लिरहेको थियो । उनी आनन्दभावका साथ नाचिरहेका थिए ।
यसरी, एकै परिस्थितिलाई फरक ढंगले हेर्न सकिन्छ । यसैबाट जीवनलाई उत्सद भावका साथ जिउने वा अवसाद भावका साथ भनेर छुट्याउन सकिन्छ ।
ईश्वरको निवासस्थान :
त्यस बेलाको कुरा हो, जब ईश्वरले भर्खर-भर्खर मानिसको सृष्टि गरेका थिए । मानिसले उनलाई भेट्न अत्यन्त सहज थियो रे । स-साना समस्याहरू लिएर मानिसहरू ईश्वरको निवासमा लाम लाग्थे रे । कोही घाम चाहियो भन्ने निवेदन लिएर जान्थे त कोही पानी पार्न पन्यो भनेर । सबैसँग आ–आफ्नो एउटा-एउटा माग । अनि ईश्वरले ती माग पूरा गरिदिएको खण्डमा फेरि नयाँ-नयाँ माग | ईश्वरले यस्तो अवस्थादेखि दिक्क मान्दै भूमिगत भएर बस्न सकिने स्थान खोज्न थाले रे । चन्द्रमादेखि संसारको सबैभन्दा अग्लो शिखरसम्म, कहाँ लुकेर बस्न सम्भव छ भनेर ईश्वरले ध्यान दृष्टिले हेरे रे। तर ती सबै स्थानमा कालान्तरमा पुग्ने र त्यसपछि पुरानै समस्या फेरि दोहोरिने देखेर ईश्वरले मानिसले आफूलाई फेलापार्न अत्यन्त दुरूह स्थान खोज्न थाले अन्तात्गोवा ईश्वरलाई त्यस्तो स्थान फेला पन्यो । त्यहाँ उप्रान्त उनी त्यही बस्ने गर्छन् । मानिसले अब चाहे जत्ति नै खोजोस्, ईश्वर पहिलाझे सजिलै भेटिन छोडे ।
थाहा छ त्यो गुप्त स्थान कहाँ छ ?
मानिस भने उनलाई आफूभन्दा बाहिर खोज्न उद्दत छ । जप, तप, तीर्थ, व्रत जति गर, ईश्वर भेटिने वाला छैनन् । ईश्वरको निवाससम्म पुग्न लाखौंमा त्यस्तो एकजना व्यक्तिमात्र सक्छ जो बाहिरको सम्पूर्ण दौडलाई महत्वकांक्षालाई त्यागेर आफ्नो हृदयमा डुबुल्की मार्न सक्षम हुन्छ ।
पुरोहित र यजमान :
दृष्टिकोण सही हुने हो भने कहींबाट पनि सही शिक्षा लिन सकिन्छ । रामायणकालीन एउटा प्रेरणादायक घटना छ । त्यसमा उक्त घटनामा रावणको व्यक्तित्वबाट प्रेरणा लिन सकिन्छ भन्ने सन्देश पाइन्छ ।
कथा यस्तो छ :
रावणसँग युद्ध गर्नुपूर्व रामचन्द्रलाई भगवान शिवको आराधना गर्ने इच्छा भयो । त्यसैले हनुमानलाई शिवको प्रतिमा लिएर आउन लगाइयो । •शिवको आराधनाका लागि एक शिवभक्त पुरोहितको पनि आवश्यकता पन्यो ।
त्यस समयमा रावणभन्दा मानिएको शिवभक्त अरू कोही नभएकोले उनलाई नै डाकियो । पुरोहितको अर्थ हुन्छ, पुर'को अर्थात् सम्पूर्ण समाजको हित चाहने।
पुरोहित धर्मअनुसार पूजा गर्न कसैद्वारा पनि बोलाइएको खण्डमा नकार्न नमिल्ने हुनाले रावणलाई आउन करै लाग्यो । रामले आफ्नो पूजासामग्री देखाएर तिनमा केही कमी भएको छ कि भनेर रावणलाई सोधे ।
● रावणले भने, 'सनातन धर्मको प्रचलननुसार श्रीमती जीवित भएको खण्डमा उनको अनुपस्थितिमा गरिएको पूजा अधुरो मानिन्छ । तसर्थ सीताजी विना गरिएको पूजा अधुरो मानिने छ ।
रामले पुरोहित धर्मको नियम सम्झाउँदै रावणलाई भने, 'यजमानको आयोजनमा भएको कमीलाई पुरोहितले पूरा गर्नुपर्छ ।
त्यसपछि रावणले लंका गई सीतालाई लिएर आए ।
हनुमान यसबेलासम्म पनि आइनपुगेका कारण बालुवाको शिवलिंग बनाएर आराधना गरियो र रामेश्वरमको रूपमा त्यसको प्राणप्रतिष्ठा गरियो । बालुवाले बनेको हुनाले रामेश्वरमको शिवलिंगमा आजसम्म पनि जल चढाइन्न । आराधनाको समाप्तिपछि पुरोहित बनेका रावणले आशिष दिनुपर्ने भयो ।
उनले रामलाई भने, 'विजयी भव' त्यसैगरी सीतालाई भने, 'पुत्रवती भव'
रामले पनि रावणसँग गुरु दक्षिणा माग्न भने ।
रावणको माग थियो, 'जब मेरो मृत्यु हुँदै हुन्छ, म चाहन्छु मेरो अन्तिम श्वास तपाईंको लिन पाउँ । त्यसैगरी मेरो मृत्यु पनि लक्ष्मणद्वारा नभई तपाईद्वारा प्रहार गरिएको वाणबाट होस् ।
पूजा सकिएपछि हनुमान पनि शिवको प्रतिमा लिएर आइपुगे । आफ्नो अनुपस्थितिमा पूजा समापन भएको देखेर क्रुद्ध हुँदै उनले बालुवाको लिंग उखेलेर फाल्न खोज्दा लिंग हल्लिँदा पनि हल्लिएन ।
रामले हनुमानसँग शान्त हुन आग्रह गर्दै भने, पुरोहित धर्मको पालन गर्ने सच्चा शिवभक्त रावणद्वारा प्रतिष्ठा गरिएको हुनाले अटल छ । उक्त शिवलिंग हनुमानले ल्याएको शिवलिंग रामेश्वरको छेउमै स्थापना गरियो । नाम राखियों- हनुमोदेवेश्वर । जुन हालसम्म पनि रामेश्वरको छेवैमा छ । इसरो दुई शिवलिंगको स्थापना भयो ।
दो घटनाबाट कर्मयोगको अमूल्य शिक्षा लिन सकिन्छ ।
रावण जब पुरोहितको भूमिका निर्वाह गर्दै थिए, उनले त्यो भूमिका पूर्णरूपमा निर्वाह गरे । तिनै रामसँगको युद्धमा आफूले विजय हासिल सुनुछ भनेर सोचेनन् ।
पनि पुरोहितको रूपमा बसेका रावणमाथि शंका नगरी यजमानको मूनिका पूर्णरूपमा निर्वाह गरे ।
पूजापछि राम र रावण दुवैले आ-आफ्नो कर्मको निष्ठापूर्वक निर्वाह।
तीन सन्त:
लियो टल्स्टोयको एउटा सुन्दर कथा यस्तो छ -
समुद्रको किनारभन्दा निकै टाढा रहेको एउटा द्विपमा तीनजना बुढाहरू बस्ने गर्थे । टाढा-टाढासम्म सन्तको रूपमा उनीहरूको निकै ख्याति थियो।
उनीहरूको दर्शन पाउन र आशीर्वाद लिन त्यो द्विपमा सर्वसाधारणको भीड लाग्ने गर्थ्यो ।
शहरमा अवस्थित गिर्जाघरका मुख्य पादरीलाई ती तीन बुढा सन्तहरूको बढदो ख्यातिप्रति इर्ष्या लाग्न थालेको थियो । एकदिन ती पादरीले कस्ताचाहिँ रहेछन ती बुढाहरू भन्ने सोचेर हेर्न जाने विचार गरे । पदरी निकै ठाटका साथ लावालस्कर लिएर गिर्जाघरको जहाजमा सवार भई ती सन्त बस्ने द्विपमा गए । सन्तहरूले पादरीको खुला हृदयले स्वागत गरे ।
मझ पन्यो । प्रार्थना गर्ने बेला भयो । पादरीले बाइबलका अप्ठ्यारा गरफहरू जुन उनलाई कठाग्र थियो, पाठ गरे । उनले बुढा सन्तहरूको हेर्न चाहे । बुढाहरू आफू अनपढ र गवार भएकोले आफ्नो प्रार्थना निकै सरल रहेको बताउँदै संकोचका साथ प्रार्थना गर्न थाले । उनीहरू भन्दै थिए, 'हे ईश्वर । हामी तीन छौ। तिमी पनि तीन छो ।
कृपा गर । तिम्रो आशीर्वाद हामीमाथि सधै रहोस् ।'
उनीहरूको यस्तो प्रार्थना सुनेर पादरी बेस्सरी हाँसे । यस किसिमको प्रार्थनाले ईश्वरकै बेइज्जती हुने बताउँदै सही प्रार्थना आफू उनीहरूलाई सिकाएर जाने बताए । बुढाहरू सही प्रार्थना सिक्न पाइने भयो भनेर खुशी भए ।
पादरीले तीन दिन लगाएर ती बुढालाई कठिन शब्दहरूले भरिएको एउटा लामो प्रार्थना सिकाए । तीन दिनपछि पादरी आफ्नो जहाजमा सवार भएर शहर फर्कन थाले । जहाज बीच समुद्रमा पुगेको थियो । गवारहरूलाई ईश्वरको सही प्रार्थना गर्ने तरिका सिकाएर आएको भनेर पादरी गर्व र अहंकारले प्रफुल्लित थिए । अकस्मात् उनले कसैले आफ्नो नाम लिएर बोलाइरहेको सुने । आवाज कहाँबाट आएको पत्ता लगाउन उनी बाहिर निस्केर हेर्न लागे ।
उनले देखे, ती तीन बुढा सन्तहरू पानीमा दौडँदै उनीतिर आइरहेका थिए । यस्तो देखेर पादरीको सातोपुत्लो उड्यो । जहाजको नजिक आइपुगेपछि बुढा सन्तहरू पादरीलाई भन्न लागे, 'तपाईले सिकाउनु भएको प्रार्थना हामीले बिर्सियौँ । हामी अनपढ र सोझासाझा छौ । तपाइँले सिकाउनुभएको ईश्वरको सही प्रार्थना हामीले बिर्सियौ । कृपा गरेर त्यो पुनः एक पटक दोहोऱ्याइदिनु भए हामी धन्य हुने थियौं ।
बुढाहरूको चमत्कार देखेर पादरीको घमण्ड चकनाचुर भइसकेको थियो । गहभरी श्रद्धाको आँशु लिएर उनले भने, 'तपाईंहरूको प्रार्थना नै सही प्रार्थना रहेछ । कृपा गरेर प्रार्थना गर्दा अबदेखि मेरा लागि पनि गरिदिनुहोला ।'
• प्रार्थना शास्त्रको पुनुरूक्ति नभई हृदयको अभिव्यक्ति हुनुपर्छ । हृदयको गहिराइबाट आएको हरेक आवाज प्रार्थना हो । ईश्वरसँग गरिने प्रेम हो •प्रार्थना । प्रेमको कुनै नियम हँदैन । प्रेम गर्न कुनै किताब पढेर सिक्नु • आवश्यक नभएजस्तै प्रार्थना गर्न पनि शास्त्र कण्ठस्थ भइराख्न पर्दैन ।
प्रेम-भक्ति तिम्रो स्वभाव हो । आफ्नो स्वभावलाई निसर्ग भइ बहन देऊ । सबै भन्दा ठूलो प्रार्थना त्यही नै हो ।
मनको स्वभाव :
बुद्ध जीवनको एउटा घटना यस्तो छ
भगवान बुद्ध धर्मोपदेश गर्न शिष्यहरूसँगै एउटा गाउँबाट अर्को गाउँको यात्रा गर्ने क्रममा मध्य दिन, चर्को घाम लागिरहेको थियो । निकैबेर हिँडिसकेपछि बुद्धले आनन्दलाई भन्नुभयो, 'आनन्द ! केही बेर विश्राम गरौँ । तीर्खा पनि लाग्यो । जाऊ, नजिकै कतै गएर आफू पनि पानी पिएर आऊ र मेरा लागि पनि ल्याऊ ।"
आनन्द पात्र लिएर पानी खोज्न निस्किए । केही पर पुगेपछि उनले एउटा दह भेट्टाए । जहाँ केही महिला लुगा धोइरहेका हुनाले पानी धमिलिएको थियो । त्यसै बखत दह हुँदै एउटा गोरुगाडा पनि गएको हुनाले पानी झनै धमिलो भयो । निराश भएर आनन्द बुद्ध भएकै स्थानमा फर्किए । उनले दहको पानी धमिलो भएकोले पिउन योग्य नभएको बताए । उनले पानी धमिलो हुनुको कारणबारे पनि बुद्धलाई अवगत गराए ।
मुस्कुराउँदै भगवान बुद्धले आनन्दलाई भन्नुभयो, 'ठिकै छ । केहीबेर विश्राम गर । अनी जाऊ पानी लिन ।
केहीबेर आराम गरेर पानी थाप्न आनन्द फेरि त्यही दहमा गए । त्यसबेलासम्म लुगा धोएर महिलाहरू फर्किसकेका थिए । गोरुगाडा गएको पनि निकै बेर भइसकेको थियो । त्यसैले पानी पूरै संग्लिसकेको थियो ।
दंग पर्दै आनन्दले पानी पिए र भगवानको लागि पनि लिएर फर्किए । आनन्दले बुद्धलाई पानी संग्लिएको बारेमा पनि बताए ।
बुद्धले आनन्दलाई र साथमा भएका शिष्यहरूलाई हेर्दै भन्नुभयो, 'हाम्रो मनको स्थिति पनि त्यस दहको जस्तै हो । विचार लहरले चित्तमा, मनमा तनाव जन्माउँछ । त्यसलाई चलाउने हो भने मन अझै धमिलिन्छ । तर मनलाई धेरै नखेलाई केहीबेर त्यसै छोडिदिने हो भने मन आफै संग्लिन्छ र चित्त शुद्ध हुन्छ ।
क्षमा :
बुद्ध जीवनको एउटा घटना यस्तो छ-
एकजना व्यक्ति आफ्नो परिवारका सबै सदस्य बुद्धको अनुयायी भएकोमा बुद्धसँग निकै क्रुद्ध थियो । एकदिनको कुरा हो, भगवान बुद्ध बोधी वृक्षमुनि बसेर धर्मदेशना दिँदैहुनुहुन्थ्यो । त्यहीबेला अकस्मात त्यो व्यक्ति बुद्धको सामुन्ने आयो र बुद्धको मुखामा थुकिदियो । बुद्धले एउटा रूमाल लिएर मुहारमा लागेको थुक पुछनुभयो र आफ्नो प्रवचन जारी राख्नुभयो । उसले त्यस प्रकारको व्यवहारप्रति भगवान बुद्ध क्रुद्ध होउन् भन्ने चाहेको थियो । तर बुद्धको मुहारमा रिसको थोरै भाव पनि देखिएन । यस्तो देखेर खिन्न हुँदै त्यो व्यक्ति घर फर्कियो ।
आनन्दलगायत शिष्यहरू भने यस घटनाबाट निकै विस्मित भए । त्यस व्यक्तिलाई ठीक पार्ने आज्ञा मागे । प्रत्युत्तरमा भगवानले भन्नुभयो, "भिक्षुहरू ! त्यस व्यक्तिको व्यवहार क्षम्य छ । उसलाई मसँग धेरै रिस उठेको हुनुपर्छ । जसको अभिव्यक्ति शब्दद्वारा सम्भव थिएन । त्यसकारण थुकेर आफ्नो रिस उसले व्यक्त गन्यो । तर तिमीहरू त भिक्षु हौ । तिमीहरूको बदला लिने भाव क्षम्य हुन सक्दैन । हेरिराख । त्यो व्यक्तिले आफ्नो कृत्यको पश्चाताप पक्कै गर्ने छ ।
उता त्यो व्यक्ति जब आफ्नो घर पुग्यो, बुद्धको शान्त र सौम्य अनुहार उसको मस्तिष्कमा बारम्बार खेल्न थाल्यो । आफूले त्यस्तो व्यहवार गर्दा पनि बुद्धको व्यक्तित्वमा कायम रहेको शान्तिले उसलाई आश्चर्यचकित तुल्याएको थियो । गल्ती बोध र पश्चाताप भावको कारण ऊ त्यस रात निदाउनै सकेन । बिहान सबेरै ऊ भगवान बुद्ध बसेको स्थानमा गयो र उहाँको चरण छोएर हिजो मैले गरेको कृत्यका लागि माफ गरिदिनुहोला "भन्दै आग्रह गर्न थाल्यो ।
प्रत्युत्तरमा भगवान बुद्धले भन्नुभयो, म तिमीलाई क्षमा गर्न सक्दिनँ । • किनभने हिजो जो व्यक्तिमाथि तिमीले थुकेका थियौ, त्यो व्यक्ति हिजै सिद्धिसक्यो । र हिजो जसले थुकेको थियो, त्यो पनि त्यहीँ नै सिद्धियो । आजको तिमी र म हिजो जो थियौं, ती भन्दा भिन्न हो । हरेक नयाँ क्षण पुरानो क्षणको समाप्ति हो । र हरेक नयाँ क्षणसँगै हाम्रो व्यक्तित्वले पनि नयाँ जन्म लिइरहेको हुन्छ । त्यसैले हिजोको घटना र हिजोका व्यक्तिलाई त्यहीँ छोडिदेऊ ।'
यस प्रकारको बोधले जीवनमा क्षमाशीलता र करूणाभावको विकास गराउँछ । विगतमा भएका गल्तीलाई समातेर हिँड्नुको कुनै औचित्य छैन । जीवनमा जे जति छ, वर्तमानमै छ । वर्तमानमै परमआनन्द र शान्ति छ ।
छेपारोको कथा :
दुईवटा छेपारा जाडोयामको निद्रा सिद्धयाएर आफ्नो प्वालबाट भर्खरै बाहिर निस्केका थिए । उनीहरू घरको पर्खालमा बसेर आराम गरिरहेका थिए । त्यत्तिकैमा एउटा छेपारोले अर्कोलाई भन्यो, जाऔं साथी बाहिर घाम ताप्न ।'
अर्को छेपारोले भन्यो, "मूर्खतापूर्ण कुरा नगर साथी मेरो जिम्मेवारीको गहनतालाई सम्झ । म यहाँ पर्खाल थामेर बसिरहेको छु । तिमी भन्छौ, घाम ताप्न जाऔँ । मैले थाम्न छाडिदिएँ भने पर्खाल तल झर्दैन ?
हाम्रो जीवनको कथा पनि यो छेपारोको भन्दा भिन्न छैन । हिजो हामी थिएनों यस संसारमा । भोलि फेरि रहने छैनौ । तर पनि हामी 'म यो, म त्यो भन्ने अहंकार पालेर बसिरहेका छौ । आफ्नै कारणले अनेक महत्त्वपूर्ण काम सञ्चालन भइरहेको मानेर बसेका छौं । हामी नहुँदा पनि संसार चलिरहेकै थियो । हामी नहुँदा पनि संसार यथावत रूपमा चलिरहनेछ । तर पनि हामी आफूलाई अत्यन्त महत्वपूर्ण मानेर बसिरहेका छौ । हाम्रा सबै सन्तापको कारण नै यही कर्ताभाव हो ।
हामी कर्ता होइनों । संसारको पर्खाल हामीले थामिरहेका छैनौ । यस कुरालाई बुझ । आफ्नो कर्म गर र बाँकी सबै ईश्वरको इच्छामा छोडिदेऊ । तत्क्षण तिम्रो जीवनमा आनन्द र उत्सवभावका फूल फुल्न थाल्नेछन् ।
आत्मज्ञान :
कुनै गाउँका दसजना व्यक्तिहरू आफ्नो गाउँभन्दा निकै टाढा रहेको तीर्थयात्रामा थिए । बाटोमा एउटा नदी पार गर्नुपर्ने भयो । बल्ल-तल्ल उनीहरूले नदी तरे । तरेपछि आफूहरू सबैले सकुशल नदी पार गरेको भनेर विश्वस्त हुन उनीहरूले एक अर्कालाई गन्न चाहे । गन्ने क्रममा प्रत्येकले अन्य सबैलाई गने तर आफूलाई भने गन्न बिर्से । यसरी सबैले गन्दा पनि गन्तीसंख्या नौ मात्र पुगेको कारण आफूहरू मध्येको कोही एकलाई नदीले बगाएछ भनेर उनीहरू रून थाले ।
यसैबीच एक जना ज्ञानी त्यही मार्ग भएर गइरहेका थिए । उनीहरूको रोदन सुनेर उनले के भएको भनेर जान्न चाहे । जसै के भएको भनेर थाहा पाए, उनले एउटा लट्ठी भाँचेर सबैलाई त्यसको एक-एक टुक्रा दिए । अन्त्यमा ती सबै टुक्रालाई जम्मा गरेर गन्न लगाए । गन्दा दसवटै टुक्रा पुग्यो । उनीहरू आफ्नो हराएको साथी पनि भेट्टिएछ भनेर खुशी मनाउन थाले । यस कथामा हराएको दसौं व्यक्ति तिम्रो अन्तरआत्मा हो । जबसम्म अर्न्तआत्मा भेटिन्न, पाँच इन्द्रिय र चार आन्तरिक शक्ति (मन, बुद्धि, स्मृति र अहम् ) ले विलाप गर्छन् । जब ज्ञानी गुरूले तिम्रो यस्तो विलाप सुन्छन्, गुरुले तिमीलाई तिम्रो हराएको शक्ति, तिम्रो अन्तरआत्मा तिमीभित्र पहिल्यैबाट विराजमान थियो भनेर सम्झाउँछन् । • अन्तरआत्माको शास्वत सत्ताको बोधपछि बल्ल तिम्रो जीवन आनन्दित बन्छ ।
सतही व्यक्तित्व :
उर्दु साहित्यका महाकवि मानिने मिर्जा गालिवको जीवनको एउटा घटना यस प्रकार छ-
तत्कालीन मुगल सम्राट बहादुर शाह जफर आफू पनि कवि भएको कारण उनको मनमा अन्य कविप्रति गहिरो सम्मान थियो । आफ्नो दरबारमा हुने समारोहहरूमा उनी आफ्नो देशका प्रख्यात कविहरूलाई पनि निमन्त्रण गर्थे । यस्ता समारोहमा मिर्जा गालिवलाई छुटाइने स कुरै थिएन ।
एक पटकको यस्तै एउटा समारोहमा निम्त्याइएका गालिव जब दरबार जान लाग्दै थिए, उनकी पत्नीले भनिन्, 'दरबारको समारोह हो । जस्तो पायो त्यस्तो लुगा लगाएर जानु उचित हुँदैन । कृपया अलि राम्रा र महँगा वस्त्र लगाएर जानुहोस् ।
गालिवले यस कुरालाई अस्वीकार गरे, 'सम्राटले मेरो प्रतिभा, मेरो काव्यको मलाई निमन्त्रण गरेका हुन् । कि मेरो बाहिरी आवरणको कारण । त्यसैले मैले वस्त्रमा ध्यान दिइराख्नु जरूरी छैन ।
सामान्य लुगा लगाएर गालिव दरबार पुगे । उनको साधारण लुगा देखेर द्वारपालले उनलाई रोक्यो । गालिवले आफू मिर्जा गालिव भएको बताउँदै आमन्त्रण पत्र द्वारपाललाई देखाए । द्वारपालले भने कुनै माग्नेले गालिवको निमन्त्रणा पत्र चोरेर आफूले ल्याएको होला भन्ने सोचेर उनलाई भित्र जानै दिएनन् । गालिव घर फर्किए सम्राटले जन्म दिनमा दिएको उपहार सुन्दर शेरवानी लगाई गालिव पुनः दरबार फर्किए । यस पटक भने द्वारपालले रोकटोक गरेनन् । निमन्त्रणा पत्रसमेत खोजेन । सरासर गालिव भित्र गए ।
भोजको बेला भयो । गालिवले खानेकुरा मुखमा नहालेर शेरबानीको बाहुला र खीलतमा खन्याउन थाले ।
उनी भन्दै थिए, खा कोट ! खा शेरवानी !"
यस्तो व्यवहार देखेर बहादुर शाहले आश्चर्यचकित हुँदै कारण सोधे । गालिवले सबै घटना सुनाए र आफूलाई नभई कपडालाई सम्मान दिएको बताए । बहादुर शाह भने यस्तो सुनेर लज्जित भए ।
यस प्रकारको घटना सधै हुँदै आएको छ । हुँदै रहने छ । समाजमा हरेक दिनजस्तो बाहिरी आवरणकै भरमा केही मूढ व्यक्तिहरू सम्मानित भइरहेका छन् । आफ्नो सादा जीवनको कारण प्रतिभावान व्यक्तिहरू तीरस्कृत पनि भइरहेका छन् । हाम्रो मूल्यांकन जहिले पनि व्यक्तिको भित्री सम्पदाको आधारमा, उसको शालीनता, प्रेम र करूणाभावमा आधारित हुनुपर्छ । नकि उसले लगाएका लगाको आधारमा । बाहिरी चमक-दमकमा केवल तिनले ध्यान दिन्छन जसको अन्तरहृदय बिल्कुल खोक्रो छ ।
सपना संसार :
मुल्ला नशिरूद्दीनले एक रात सपनामा कार किन्न खोजिरहेको देखे । कार लोभलाग्दो थियो । त्यसैले त्यो कारको अधिपति हुने तीव्र लालसा मुल्लाको मनमा तरंगित भइरहेको थियो । सपनामा उनी कारको लागि ९९ हजार नौ सय ९९ दिन चाहिरहेका थिए । बिक्रेता भने पूरै एक लाख मागिरहेका थिए । मात्रै एक रूपैयाँमा कुरो मिलिरहेको थिएन । अचानक मुल्लाको निन्द्रा खुल्यो । बिउँझेपछि मुल्लासँग कार र पैसा दुवै थिएनन् ।
तत्कालै आँखा बन्द गरेर मुल्ला कराउन लागे, ल भैगो एक रूपैयाँ थपिदिन्छु । एक लाख नै लैजाऊ ।
सपनाको संसार । त्यसमा पनि आधिपत्यको कामना । यही भाव प्रबल भएको कारणले नै जीवनमा सन्ताप र भय छ ।
उपनिषद्ले भनेझैँ, 'त्येन त्यक्तेन भुन्झिथ' अर्थात्, 'जसले त्याग्छ,
मात्र भोग गर्न सक्छ ।
उसले संसारलाई सपना मान । सम्पूर्ण वस्तुहरू जसको आफूलाई अधिपति मान्छौ, तिनलाई सपनामा देखिएका वस्तु ठानी तिनको त्याग गरिदेऊ । त्यसपछि जीवनमा केही पनि गुम्ला भन्ने भय बाँकी रहन्न ।
भाग्य र कर्म :
श्रीरामले जसै सत्र वर्ष पूरा गरे, राजा दशरथले उनलाई आफ्नो उत्तराधिकारी स्वीकार गर्ने निर्णय गरे । सोहीअनुरूपको घोषणा अयोध्याभरि सुनाइदिने निर्देशन दिए । अयोध्यावासी रामजस्तो मर्यादा पुरूषलाई आफ्नो भावी सम्राटका रूपमा पाउने घोषणा सुनेर उत्सव मनाउने तयारी गर्न लागे । रानी कैकेयी पनि यो खबर सुनेर अत्यन्त खुसी भइन् । आफ्नो आभार र प्रसन्नता प्रकट गर्न देवी सरस्वतीको मन्दिरमा गइन् र प्रार्थना गरिन् ।
रामप्रति स्नेहभाव नराख्ने अयोध्यामा सायदै कोही थियो होला । चारैतर्फ रामको राज्याभिषेकको हर्षोल्लास छाएको थियो । तर स्वर्गमा भने. देवताहरू चिन्तित थिए । अत्याचारी रावणको संहार गर्नका लागि भनेर विष्णु भगवानले लिएको रामको अवतारलाई अयोध्यावासीले राज्याभिषेक गराएर अयोध्यामा राख्न खोज्नु उनीहरूका लागि चिन्ताको विषय बनेको थियो । रामले राज्यारोहण गरी अयोध्याको राजकाज सम्हालेर बसेको खण्डमा पृथ्वीमा राक्षसहरूको बिनाश गरेर शान्तिको पुर्नस्थापना गराउने ईश्वरीय उद्देश्यमा बाधा उत्पन्न हुने पक्का थियो ।
सबै देवता विचलनको यस स्थितिमा समाधानका लागि सृष्टिकर्ता ब्रह्मा र ज्ञानकी देवी सरस्वतीको शरणमा गए । सरस्वतीले स्थितिको गम्भीरतालाई बुझेर देवताहरूलाई आफूले मद्दत गर्ने आश्वासन दिइन् र अन्तर्ध्यान् भइन् । अन्तर्ध्यान भएकी देवी सरस्वती त्यही मन्दिरमा पुगिन् जहाँ रानी कैकेयी पूजाको लागि आएकी थिइन् ।
आफ्नो अगाडि साक्षात देवी सरस्वतीलाई देखेर कैकेयीको प्रसन्नताको सीनै रहेन । देवी सरस्वतीले मुस्कुराउँदै कैकेयीलाई भनिन्, पुत्री कैकयी ! तिमी मेरा प्रिय भक्तमध्ये एक हौ । मैले सधैँ तिमीले मागेका वरदान पूरा गरिदिएकी छु । आज म तिमीसँग केही माग्न चाहन्छु । दिन सक्छौ ?
साक्षात देवीले आफूसँग केही मागिरहेको अवस्थामा कैकेयीले नाइँ भन्न सक्ने स्थिति नै थिएन । उनले सहर्ष जे मागे पनि दिन तत्पर रहेको बताइन् ।
देवीले भनिन्, धेरै अगाडिको एउटा युद्धमा तिमीले गरेको सहयोगबाट प्रसन्न भएर राजा दशरथले तिमीलाई चाहेको बेलामा दुईवटा वर माग भनेका थिए । म चाहन्छु ती दुई दर तिमी मेरो निर्देशन बमोजिम माग । पहिलो, रामका लागि बाह्र वर्षको वनवाश । दोस्रो, तिम्रो छोरो भरतका लागि राजगद्दी |
देवीको यस्तो कुरा सुनेर कैकेयीमा आश्चर्यको सीमै रहेन । यस्तो काम आफूबाट हुन नसक्ने भन्दै उनले देवीसँग अरू नै केही माग्न आग्रह गरिन् ।
सम्पूर्ण अयोध्यावासीले रामको राज्याभिषेकको उत्सव मनाइरहेको बेलामा त्यस्तो वर माग्दा आफूलाई सबैले घृणा गर्ने कुरा कैकेयीलाई थाहा थियो । कैकेयीको मनस्थिति बुझेर सरस्वतीले भनिन्, 'तिमी मेरो मागलाई अन्यथा नसम्झ । तिमीलाई थाहा छैन, राम स्वयं नारायणको अवतार हुनुहुन्छ । पृथ्वीमा न्याय र शान्तिको स्थापनाका लागि उहाँको जन्म भएको हो । क्रूर राक्षसहरूको विनाशको लागि उहाँले अयोध्या छोडेर दक्षिणतर्फ जानु अत्यन्त आवश्यक छ उहाँलाई अहिल्यै राजा बनाएर अयोध्यामा सीमित गराइयो भने अनर्थ हुनेछ ।
देवीले थपिन्, 'श्रीराम चौध वर्षपछि फर्केर अयोध्या आउनु हुनेछ र लामो समयसम्म राज्य गर्नुहुनेछ । तबसम्म तिम्रो छोरा भरतले राजकाज सम्हाल्नु आवश्यक छ ।
कैकेयीले आफ्नो शंका व्यक्त गरिन्, 'देवी माता ! मलाई श्रीरामका लागि त्यस किसिमको वनबास माग्न र त्यसको फलस्वरूप उत्पन्न हुने महाराज दशरथ र सम्पूर्ण अयोध्याबासीको घृणा सहन गर्न अत्यन्त कठिन हुनेछ । तर पनि तपाईंको सोहीअनुरूपको इच्छा छ भने म त्यसो गर्न तयार छु । तर त्यसपछि मेरो नाम कालान्तरसम्म स्वार्थी र पाषाण हृदयको पर्यायवाची बन्ने पक्का छ । मेरो अपयश मोचन होस् भन्ने आशिर्वाद मलाई दिनुहोस् ।
सरस्वतीको उत्तर थियो, 'तिमी त्यसको चिन्ता छोड़ । सही समय आउनासाथ सारा संसारले तिम्रो बलिदानको महत्व बुझ्नेछ ।'
कैकेयीसँग यसप्रकारले वचन लिइसकेपछि देवी सरस्वती त्यहाँबाट अर्न्तध्यान भइन् । सम्पूर्ण देवता पनि अब श्रीरामको अवतारको सार्थकता सिद्ध हुने भयो भन्ने सोचेर ढुक्क भए ।
कैकेयीले अयोध्याका सबैलाई विस्मित बनाउँदै सरस्वतीलाई दिएको वचनअनुरूप रामको लागि चौध वर्षको वनबास र आफ्नो छोरा भरतका लागि राजगद्दी मागिन् । वचनमा हारेका कारण बाध्य भएर राजा दशरथलाई कैकेयीका माग पूरा गर्न करै लाग्यो ।
यसरी बनबास पाएका श्रीराम, रावण आदि राक्षसको संहार गरेर चौध वर्षपछि अयोध्या फर्किए । उनले आफ्नो वनबासको कारण マ कैकेयी तथा देवी सरस्वतीबीच भएको वार्ताको बारेमा दशरथलाई अवगत गराए । सबै सुनिसकेपछि राजा दशरथले कैकेयीलाई सहर्ष माफी दिए ।
वेदव्यास रामायणमा उल्लेखित यस घटनाले जीवनमा भाग्य अर्थात् ईश्वरीय इच्छा र कर्म अर्थात् मानवीय प्रयास दुवैको महत्व समान हुन्छ भन्ने कुरालाई प्रस्ट्याउँछ ।
सत्यकाम :
बाबु, तिम्रो नाम के हो ?
आश्रममा ज्ञान आर्जनका लागि आएको एक बालकलाई गुरूले सोधे । बालकले उत्तर दियो, आमाले मेरो कुनै नाम राख्नुभएकै छैन । उहाँ सधैँ मलाई छोरा भनेर सम्बोधन गर्नुहुन्छ ।
गुरुकुलका अन्य छात्र चकित हुँदै त्यस नामविहीन बालकलाई हेर्न थाले । यस्तो देखेर दयालु र दूरदर्शी गुरुले त्यस बालकलाई भने, केही छैन बाबु । भोलि आउँदा आमासँग तिम्रो बुबाको नाम सोधेर आउनु । तिम्रो नामकरण म आफै गरिदिउँला ।
कक्षा सकिएपछि गुरूको सन्देश लिएर बालक पुग्यो । आमासँग सोध्यो । आमा अलमल्ल परिन् । बालकको बुबा को हो भनेर उनी आफैलाई पनि थाहा थिएन । ती दिनमा सन्तानको नामकरण बुबाले गर्ने गर्थे । त्यसैले त्यो बालकको नामारकण हुन पाएको थिए । आमाले आफ्नो छोरालाई झूठो नबोल्ने निर्णय गरिन् र सत्य कुराबताइदिइन् । भोलिपल्ट बालक जब गुरूको आश्रम पुग्यो, उसको आँखामा आँशु थियो ।
उसले गुरूलाई बतायो, आमाले भन्नुभएको, उहाँ जहाँ बस्नुहुन्थ्यो त्यहाँ अनेक बटुवा आउने गर्थे रे । तिनले उहाँको शरीरको उपभोग गर्थे रे ! यस्तोमा मेरो जन्म भएको हुनाले उहाँलाई पनि मेरो बुबा को हुनुहुन्छ भनेर थाहा छैन रे । गुरुकुलमा उपस्थित अन्य बालकहरू उसको त्यस्तो उत्तर सुनेर छक्क परे । उनीहरू त्यस बालकलाई अत्यन्त असहज दृष्टिका साथ हेरिरहेका थिए । गुरुले अब के भन्नुहोला भनेर सुन्न पनि त्यत्ति नै उत्सुक थिए ।
आँखामा करूणा र वाणीमा विश्वास लिँदै गुरुले भने, 'बालक, तिम्रो स्पष्टवादिता र आमाको इमान्दारिता प्रशंसायोग्य छ । संसारमा सत्य नै अन्तिम गुण हो । तिम्री आमाले वा तिमीले चाहेको भए झूठो बोल्न सक्थ्यौ तिमीहरूको सत्यवादिता नै धर्मपरायणता हो । तिम्रो नामकरण म आफैँ गरिदिन्छु । तिमीलाई सत्य र प्रेमको रचना मान्दै म तिम्रो नाम सत्यकाम राखिदिन्छु र त्यसको पछाडि तिम्री आमाको नाम जबाला पनि । आजबाट तिम्रो नाम सत्यकाम जबाला भयो ।
सत्यकाम जबालाको यस कथाबाट गुरूप्रति समर्पण भाव र सत्यवादिता छ भने जस्तै अप्ठ्यारा परिस्थितिबाट पनि सजिलै पार भइन्छ भन्ने संदेश पाइन्छ ।
ईश्वरको काम :
धेरै अगाडिको कुरा हो । कुनै एउटा देशमा एकजना राजा थिए । राजा सदाचारीको साथै घमण्डी पनि थिए । एकदिन उनले आफ्नो प्रधानमन्त्रीलाई बोलाएर भने, प्रधानमन्त्री । मेरो मनमा लामो समयदेखि एउटा प्रश्न खेलिरहेको छ । म जान्न चाहन्छु- संसारमा सबैका लागि निश्चित गरिएको केही काम छ । सिपाहीहरू युद्ध गर्छन् । गोठालाहरू वस्तु चराउँछन् । व्यापारी व्यापार गर्छन् । जब सबैको काम निश्चित छ भने ईश्वरका लागि के काम बाँकी रहन्छ र ? म ईश्वरको पनि केही काम छ कि भनेर जान्न चाहन्छु । छिटोभन्दा छिटो मेरो यस प्रश्नको समाधान लिएर आऊ ।
प्रधानमन्त्रीले राजाको यस प्रकारको अनौठो प्रश्नबाट पन्छिने उपाय गर्दै भने, 'महाराज ! यस किसिमको प्रश्न मेरो मनमा पनि बारम्बार नआएको होइन । मैले उत्तर पाइन्छ कि भनेर अनेक पुस्तकमा खोजें पनि । तर दुर्भाग्यको कुरा, पाउन सकिनँ । मेरो काम त हजुरलाई राजकाजका समस्यामा सल्लाह दिनेमात्र हो । यस प्रकारको प्रश्नको उत्तर पक्कै पनि आध्यात्मिक व्यक्तिहरूसँग हुनुपर्ने हो । त्यसैले हामी यो प्रश्न लिएर राजपुरोहितकहाँ जाउँ ।'
राजालाई प्रधानमन्त्रीको कुरा ठीक लाग्यो । उनीहरूले राजपुरोहित समक्ष गएर आफ्नो प्रश्न राखे । राजपुरोहित पनि धर्मसंकटमा परे । उनले अथाह शास्त्र पढेका थिए । तर राजाले जान्न चाहेबमोजिम ठ्याक्कै यही काम ईश्वरको हो भनेर बताउन सकेनन् । यदि उत्तर दिन नसकेको खण्डमा राजाको क्रोधको शिकार बनिनुपर्नेदेखि जागिर नै जानसक्ने भय पनि उनमा थियो । तसर्थ राजाको उक्त प्रश्नको उत्तर खोजेर ल्याउनका लागि उनले एक हप्ताको समय मागे । राजाले पनि ठीकै छ, तर एक हप्तापछि भने आफ्नो प्रश्नको स्पष्ट उत्तर लिएर आउनुपर्छ भन्दै पुरोहितलाई बिदा दिए पुरोहितलाई निकै गाह्रो पन्यो । उनको दिन र रात कठिनसँग बित्न थाले। अनेक शास्त्र खोज्दा, अनेक व्यक्तिलाई सोध्दा र आफैँ सोच विचार गर्दा पनि राजाको प्रश्नको चित्त बुझ्दो उत्तर उनले पाउन सकिरहेका थिएनन् ।
एक हप्ता बित्न कत्ति नै पो समय लाग्छ र !
राजाले दिएको समयको अन्तिम दिन आयो । राजपुरोहित उदास हुँदै शहरबाहिरको एउटा रूखमुनि बसिरहेका थिए । दिनको अन्त्यसम्ममा कुनै स्पष्ट उत्तर फेला परे राजासमक्ष जाने नत्र शहरबाट भाग्ने उनको दाउ थियो । यत्तिकैमा उनले गोठालो बालकलाई देखे, जो वस्तु चराउन जाँदै थियो । त्यो बालकले राजपुरोहितलाई उदास मुद्रामा बसिरहेको देख्यो ।
उसले उदासीको कारण सोध्यो । सुरुमा त पुरोहितले तँ जाबो गोठालोले मेरो के मद्दत गर्न सक्छस् र ! जा आफ्नो काम गर् अनेर हप्काए |
गोठालो बच्चाले निकै कर गन्यो । अन्तिममा पुरोहित आफ्नो समस्या उसलाई बताउन बाध्य भए ।
कुरा सुनिसकेपछि गोठालोले राजाको प्रश्नको उत्तर आफूसँग भएको बतायो ।
राजपुरोहितले अन्य केही विकल्प नदेखेपछि उसलाई दरबार लिएर गए । दरबारमा पुगेपछि त्यो बालकले सबैसामु राजाको प्रश्नको उत्तर आफूसँग भएको बतायो । सुरुमा त धुलो फुस्रो र च्यातिएका कपडा लगाएको गोठालोलाई देखेर सबैले उसको खिल्ली उडाए । तर राजा उत्तर सुन्न अधीर थिए । त्यसकारण उसलाई बोल्न दिन सबैलाई करे लाग्यो ।
गोठालोले भन्यो, 'महाराज तथा दरबारमा उपस्थित मान्यवरहरू ! तपाईंहरू उत्तर जान्न उत्सुक हुनुहुन्छ र उत्तर मसँग छ । त्यस अर्थमा म तपाईंहरूको गुरु भएँ र तपाईंहरू मेरो शिष्य । शास्त्रबमोजिम गुरुको आसन शिष्यहरूको भन्दा अग्लो हुनुपर्छ । त्यसैले पहिला मेरा लागि सबैभन्दा अग्लो आसनको बन्दोबस्त गरियोस् ।
गोठालोको कुरा नीतिसंगत थियो । राजा उत्तर सुन्न अत्यन्त अधीर थिए । सबैभन्दा अग्लो आसन राजाकै थियो । त्यसैले राजा आफूले आफ्नो आसन छोडेर त्यहाँ गोठालोलाई राख्न बाध्य भए । गोठालोले राजाको आसनमा बसिसकेपछि भन्यो, 'तपाईंहरू आफ्नो स्थान हेर्नुहोस् । मेरो पनि हेर्नुहोस् । ईश्वरको काम यही हो । घमण्डीहरूको आसनलाई तल झार्नु र विनीतहरूको आसनलाई अग्लोमा राख्नु ।" गोठालोको यस्तो उत्तर सुनेर दरबारमा उपस्थित सबै लज्जित भए ।
पुराणहरूमा उल्लेखित हजारौं कथाहरूमध्येको यो एउटा कथाले विनयशीलताको महत्व र घमण्डको व्यर्थतालाई उजागर गर्छ ।
मूल्यवान उपहार :
म तेरो दान मृत्युलाई गरिदिन्छु रिसले मुर्मुरिदै बाजश्रव ऋषि आफ्नो बालक छोरा नचिकेतालाई भनिरहेका थिए । त्यस दिन बाजश्रवका लागि विशेष दिन थियो । त्यसैदिन उनले निकै दिन लगाएर गरेको एउटा यज्ञको समापन गरिरहेका थिए । तर यज्ञको समापनको अवसरमा उनले दान गरेका वस्तुबाट दान पाउने साधु-सन्तहरू थोरै पनि खुशी थिएनन् । उनले कामै नलाग्ने वस्तु र थारा गाई दान गरेका थिए । यस्तो देखेर बालक नचिकेताले अबोध र निश्चल प्रश्न गरेका थिए । युवा ! यस्ता अनुपयोगी वस्तुको दान गर्नुभन्दा त बरू मेरै दान गरिदिनुहोस । कमसेकम म केही काम सक्छु । बरू भन्नुहोस्, मेरो दान कसलाई गर्नुहुन्छ ?
बुबाले आफ्नो दान मृत्युलाई गर्ने भनेको सुनेपछि बालक नचिकेता बुबाको वचनलाई आदेश मानेर मृत्युदेवता यमराजको दरबारमा जान भनेर हिँडे ।
दरबारमा पुगेपछि उनले यमराज काम विशेषले कहीं बाहिर गएको जानकारी पाए । यमराजको प्रतिक्षामा बालक नचिकेता उनकै दरबारको द्वारमा तीन दिनसम्म भोकै-प्यासै प्रतिक्षा गरेर बसिरहे ।
तीन दिनपछि जब यमराज फर्किए, आफ्नो द्वारमा सानो बालक बसिरहेको देखेर त्यहाँ बस्नुको कारण सोधे । नचिकेताले त्यहाँ आउनुको कारण बताए । उनको कुरा सुनेर यमराजजस्तो कठोर देवताको पनि हृदय आर्द भयो । उनले भने, 'बालक ! म तिमीबाट निकै प्रभावित भएँ तिमीलाई मेरो दरबारमा अतिथिको रूपमा स्वागत गर्छु । तिमीले मलाई कुरेर बिताएको हरेक दिनवापत म तिमीलाई एक-एक वटा वरदान पनि दिन चाहन्छु । मनमा लागेका जुनसुकै तीनवटा इच्छा वरदानको रूपमा माग |
बालक नचिकेताले पहिलो वरदानका रूपमा आफ्नो बुबाले क्रोध र लोभको कारण गरेका सम्पूर्ण पापको मोचन गरिदिन आग्रह गरे । त्यसैगरी बाँकी दुई वरदानको रूपमा उनले ब्रह्मज्ञान र मृत्युपछि आत्माको स्थिति जान्न चाहे । यमराजले पछिल्ला दुई वरदान अत्यन्त दुरूह भएको र देवताहरू पनि त्यसलाई पाउन लालायित रहने गरेको भन्दै अरू नै वर माग्न आग्रह गरे ।
बालक नचिकेता यमराजले अनेक प्रलोभन र लोभ देखाउँदा पनि ब्रह्मज्ञान नै चाहेको अड्डी कसेर बसिरहे । अन्त्यमा यमराजले बालक नचिकेतालाई ब्रह्मज्ञान दिनैपन्यो । उनीहरू दुईबीचको सम्वाद नै कालान्तरमा कठोपनिषद्को रूपमा प्रख्यात भयो ।
ज्ञान प्रज्ञा र मुक्तिको लालसाको लागि उमेरको प्रौढता नभई विवेकको जागरूकता आवश्यक हुन्छ भन्ने कुरा नचिकेताको यो कथाले दर्शाउँछ ।
तीन परीक्षा :
महर्षी वशीष्ठ आफ्नो कालका निकै प्रख्यात महात्मा थिए । उनीसँग शिक्षा लिन र सहायता माग्न भनेर टाढा-टाढाबाट मानिसहरू आउने गर्थे । एकदिन एउटा दर्शनार्थी उनीसमक्ष आएर भन्न लाग्यो, स्वामीजी ! मैले तपाईंको आध्यात्मिक शक्तिहरूको बारेमा निकै सुनेको छु । म ब्रह्मज्ञान पाउन चाहन्छु । कृपया मेरो मद्दत गर्नुहोस् ।'
त्यस दर्शनार्थीको कुरा सुनेर ऋषिको वरपर बसेका शिष्यहरू सबै मुसुमुसु हाँस्न लागे । कारण थियो, सबै ब्रह्मज्ञान पाउने ध्येय लिएर बर्षौंदेखि गुरूको सानिध्यमा साधनारत थिए ।
ऋषि वशिष्ठले आगन्तुकको कुरा शान्तिपूर्वक सुने र उसलाई भने, `अवश्य । म तिम्रो प्रार्थनालाई स्वीकार गर्छु । तर पहिला तिमीले एक वर्षको कठोर तपस्या पूरा गरेर आउनु पर्नेछ । त्यसपछि हामी ब्रह्मज्ञानको बारेमा कुरा गरौंला ।'
ऋषिको कुरा सुनेर आगन्तुक खुशी भयो । ब्रह्मज्ञान, जुन अनेक अनेक जन्म लिएर पनि कसै-कसैलाई मात्र प्राप्त हुन्छ, आफूले एक वर्ष तपस्या गरेकै भरमा पाउने कुरा सुनेर ऊ निकै खुशी भएको थियो ।
एक वर्षको कठोर तपस्या पूरा गरेपछि एक बिहान ऊ ऋषिको आश्रममा आयो । आश्रमको प्रांगणमा सारा शिष्य बसेर ऋषि वशिष्ठको प्रतिक्षा गरिरहेका थिए । त्यो देखेर ऊ पनि त्यहाँ बसी ऋषिको प्रतिक्षा गर्न लाग्यो । यत्तिकैमा एक शिष्य फोहोरले भरिएको एउटा टोकरी लिएर फाल्न जाँदै थियो । अचानक उसको हातबाट टोकरी खस्योर त्यसभित्र रहेका सम्पूर्ण फोहोर भर्खरै एक वर्षको तपस्या सकेर आएको त्यस भक्तको टाउकोमा पोखियो । भक्तलाई तत्क्षण क्रोध उत्पन्न भयो । उसले तत्कालै आफूमाथि फोहोर फाल्ने व्यक्तिलाई सजाय दिन चाह्यो । त्यसैक्षण ऋषि वशिष्ठ आए र उसलाई हेर्दै भन्न लागे, बाबु, हिंसाको विसर्जन ब्रह्मज्ञानका लागि पहिलो कदम हो । तिमीभित्र हिंसाभाव अझै बाँकी रहेछ । जाऊ एक वर्ष अझै तपस्या गरेर आऊ ।
भक्त यस्तो सुनेर निराश त भयो, तर ऋषिले भनेको मान्नै पन्यो भनेर अर्को एक वर्षका लागि तपस्या गर्न गयो ।
एक वर्षपछि ऊ फेरि आश्रममा फर्कियो । पछिल्लो वर्षजस्तै यसपटक पनि एक शिष्यले फोहोर पानीले भरिएको गाग्री उसको टाउकोमै ल्याएर खन्याइदियो । भक्तले पछिल्लो वर्षको अनुभव भुलेको थिएन । त्यसैले यसपटक भने मारपिटमा उत्रिएन । तर जसै ऋषि वशिष्ठ बाहिर आए, ऋषिसमक्ष आश्रमका शिष्य अनुशासनहीन छन् भनेर गुनासो गर्न थाल्यो ।
ऋषिले भने, 'बाबु, तिमीभित्र हिसाभाव त बाँकी छैन रहेछ । तर ब्रह्मज्ञानका लागि क्रोधको पनि विसर्जन जरूरी छ । जाऊ फेरि अर्को एक वर्ष तपस्या गरेर आऊ ।
भक्त ब्रह्मज्ञान प्राप्तिका लागि दृढ थियो । ऋषिको यस्तो आदेश शिरोधार्य गर्दै ऊ फेरि तपस्या गर्न गयो । यसपटक तपस्या गरेर फकँदा उसको अनुहारमा निश्चल मुस्कान र आनन्दको आभा थियो । यसपटक पनि ऋषिले परीक्षास्वरूप उसमाथि फोहोर खसाल्न लगाएका थिए । तर ऊ न हिंस्रक भयो न त क्रोधित नै । बरू मुस्कुराउँदै ऊ फोहोर उठाएर टोकरीमा हाल्न मद्दत गर्न थाल्यो ।
यस्तो देखेर ऋषि वशिष्ठ गद्गद् भए र उसलाई आफूसमीप बोलाएर भने, बाबु ! मलाई खुशी लागेको छ । तिमी मैले लिएका परीक्षामा उत्तीर्ण भयौ । तिम्रो मनबाट क्रोध र हिसा बिदा भएका छन् । तिनको ठाउँ प्रेम, विश्वास र सहनशीलताले लिएका छन् । म तिमीलाई अब बिदा दिन्छु | जाऊ ।
यस्तो सुनेर भक्त महर्षिको चरणमा प्रणाम गरेर खुशी भयो र फर्कन लाग्यो । अन्य शिष्यहरू आश्चर्यचकित भए । ब्रह्मज्ञानको जुन उद्देश्य लिएर ऊ आश्रममा आएको थियो, त्यसबारे त उसले कुरै गरेको थिएन ।
ऋषिले शिष्यहरूको मनोदशा बुझेर शालीनतापूर्वक उत्तर दिए, 'यस्तो व्यक्ति, जसले स्वयं र संसार दुवैप्रति शान्तिभाव राख्न सक्छ, जसको हृदयमा गुरूप्रति आदर र विश्वास छ, सम्पूर्ण मानवप्रति प्रेम छ, उसले ज्ञानको पछि दौडिराख्नु पर्दैन । बरू ज्ञान उसको पछि लाग्छ । भर्खरै गएको भक्त अब पाउनेछ । जहाँसुकै जाओस्, उसले मेरो मद्दत विना नै ब्रह्मज्ञान पाउनेछ ।
हात्ती र सुँगुर :
गर्मीयामको एक बिहान एउटा हात्ती नुहाउन भनेर नदीतर्फ गयो । फर्कने क्रममा नदीको पुल नजिकै आएपछि उसले हिलोले लतपत भएको एउटा सुँगुरलाई विपरीत दिशाबाट आइरहेको देख्यो । हात्ती सुँगुरलाई बाटो छोडिदिन तुरून्तै पुलको छेउतिर लाग्यो । सुँगुर त्यहाँबाट कटिसकेपछि हात्ती फेरि आफ्नो राजसी चालमा त्यहाँबाट निस्कन थाल्यो ।
यता सुँगुरले जब हात्तीले आफूलाई बाटो छोडिदिएको चाल पायो, घमण्डले फुल्दै सोच्यो, म कत्ति महान छु । मलाई देखेर यत्रो भीमकाय हात्ती पनि बाटो छोडिदिन किनार लाग्यो । उता केही पर बसेर उक्त दृश्य हेरिरहेका हात्तीका मित्रहरूलाई भने निकै अचम्म लाग्यो । उनीहरूले हात्तीसँग बाटो छोडिदिनुको कारण जान्न चाहे ।
हात्तीले मुस्कुराउँदै भन्यो, मैले चाहेको भए त्यो सुँगुरलाई सजिलै ठेलेर पहिला आफू अघि जान सक्थेँ । तर त्यसो गरेको भए उसको शरीरको फोहोर मेरो भर्खरै नुहाएर सफा भएको शरीरमा लाग्ने थियो । मैले यत्रो बेर लगाएर नुहाएको व्यर्थ हुने थियो ।
यो कथाले प्रज्ञावान व्यक्तिहरू मूढबाट टाढै रहन रुचाउँछन् । तर यसको अर्थ यो होइन उनीहरू मूढहरूबाट भयभीत हुन्छन् । उनीहरू त मूढहरूको संगत गरेर आफूलाई अशुद्ध पार्न चाहँदैनन् ।
तेनालीराम :
बालक ! यो बाटो कहाँ जान्छ ? बाटोको छेवैमा खेलिरहेको एउटा बालकसँग बटुवाले प्रश्न गयो ।
`दिनभरि त यहीँ हुन्छ । खै ! राती कतै जान्छ भने मलाई थाहा छैन । यति भनेर बालक फेरि तन्मयका साथ आफ्नो क्रिडामा व्यस्त भयो । बटुवालाई बालकको यस किसिमको उत्तर सुनेर निकै हाँसो उठ्यो । त्यस बालकमा भिन्न किसिमको भएको पनि उसले देख्यो । बटुवाले बालकसँग उसको बारेमा सोधपुछ गयो । बालकको आमा-बुबा अत्यन्त गरीब थिए । बालकको शिक्षा-दीक्षाको प्रबन्ध हुन सकेको थिएन । त्यसैले सारा दिन उसले खेलेर बिताउने गर्थ्यो ।
सबै थाहा पाएपछि बटुवाले सोच्यो, यो बालकले केही गरी शिक्षा-दीक्षा पाउने हो भने एकदिन पक्कै ठूलो विद्वान बन्ने छ ।
उसले बालकलाई सोध्यो, म तिमीलाई ज्ञान पाउने तरिका बताउन
सक्छु के तिमी सुन्न चाहन्छौ ?
बालकले ज्ञानको सट्टा यदि बटुवाले पैसा लिने हो भने आफू त्यो दिन नसक्ने बतायो ।
बटुवाले भन्यो, 'ज्ञानको लागि धनभन्दा बढी निष्ठा, धैर्यता र श्रद्धा हुनु जरूरी छ । ध्यान दिएर सुन । म तिमीलाई ज्ञानकी देवी सरस्वतीको आराधना गर्ने तरिका सिकाइदिन्छु । हरेक दिन मन लगाएर उनको अर्चना गर्नु । सरस्वती प्रसन्न भइन् भने तिमीलाई अथाह ज्ञान दिने छिन् ।' यति भनेर उसले बालकलाई सरस्वतीको आराधना गर्ने तरिका सिकाइदियो ।
बालक हरेक दिन बटुवाले भनेजस्तै मन लगाएर सरस्वतीको आराधना गर्न थाल्यो । उसको निष्ठाबाट प्रसन्न भएर एकदिन साक्षात् सरस्वतीले दर्शन दिइन् उनले बालकलाई आफूले चाहेको कुनै एउटा वरदान माग्न भनिन् । बालक भने सरस्वतीलाई हेर्दै जोड जोडले हाँस्न लाग्यो । सरस्वतीले चकित हुँदै बालक त्यसरी हाँस्नुको कारण जान्न चाहिन् ।
बालकले मुस्किलले हाँसो रोक्दै भन्यो, 'माता ! मेरो त एउटा मात्र नाक छ । तै पनि रुघा लागेको बेलामा नाक पुछ्दा हैरानी हुन्छ । तपाईंका यति धेरै टाउका र नाक छन् । तपाईंलाई रूघा लाग्यो भने कति गाह्रो हुन्छ होला हगि ? यही सोचेर म हाँसेको हुँ ।'
सरस्वती पनि बालकको यस्तो कुरा सुनेर नहाँसी बस्न सकिनन् । उनले बालकलाई सधै यसरी नै हाँसिराख्ने र अरूलाई पनि हँसाइ राख्नसक्ने हुनु भनेर आशिर्वाद दिइन् ।
ठूलो भएपछि त्यही बालक राजा कृष्णदेवको दरबारको प्रख्यात बिदुषक र तेलगु काव्य परम्परामा अष्ट दिग्गजमध्येका एक भनेर चिनिने तेनालीराम बन्यो उसका बारेका हाँस्य र ज्ञानले भरिपूर्ण कथाहरू आजसम्म पनि प्रख्यात छन् ।
परनिर्भरता :
पुरातनकालमा नदीको किनारमा अवस्थित एउटा गाउँमा एक महात्मा बस्ने गर्थे । ज्ञानीको रूपमा उनको ख्याती टाढा-टाढासम्म फैलिएको थियो । उनको आश्रममा सरसल्लाह लिन आउनेहरूको भीड सधैं रहने गर्थ्यो ।
व्यस्तैमा एकदिन एक व्यक्तिले आएर प्रश्न गर्यो, 'महात्मा ! मेरो गाउँका मानिसहरू निकै कपटी छन् । उनीहरू मसँग सधैँ नराम्रो व्यहवार गर्छन् । यस्तोमा म के गरूँ ? कृपया केही सल्लाह दिनुहोस् ।
महात्माले सल्लाह दिए, 'चिन्ता नगर । ईश्वरप्रति विश्वास राखेर आफ्नो सम्पूर्ण काम गर्ने गर । बिस्तारै सब ठीक हुनेछ ।'
ईश्वरप्रति विश्वास राख्दैमा सबै ठीक हुने रहेछ भन्ने अधुरो कुरा बुझेर ऊ निकै प्रसन्न भयो । महात्माको बाँकी कुरा सुन्दै नसुनी ऊ आफ्नो घरतर्फ लाग्यो ।
केही महिनापछि वर्षायामको सुरुवातसँगै नदीमा भयङ्कर बाढी आयो । बाढी गाउँमा पस्यो । सबै सुरक्षित स्थानतर्फ लागे । उक्त व्यक्ति भने ईश्वरले मद्दत गर्छन् भनेर आफ्नो घरको छतमा चढेर प्रार्थना गर्न लाग्यो । त्यहीबेला केहीले उसलाई देखे र सहायता गर्न चाहे । ऊ भने आफ्नो मद्दत ईश्वरले गर्ने भन्दै सहयोग गर्न गर्यो । हनेहरूको बेवास्ता
बाढीको पानी छतको निकैमाथि आएर उसलाई डुबाउनै लाग्दा ढुंगा लिएर गाउँलेहरूको मद्दत गर्न निस्केकाहरूको सहयोग पनि उसले लिन चाहेन । अन्तमा ईश्वर आएर मद्दत गर्छन् भन्ने आशा गर्दा-गर्दै ऊ डुब्यो । त्यसैबेला डुंगामा चढेर सुरक्षित स्थानतर्फ लाग्दै गरेकाहरूको नजर उसमाथि पन्यो । त्यसैले उसको मृत्यु भने भएन । बेहोश अवस्थाको उसलाई सकुसल उद्दार गरेर उनीहरूले सुरक्षित स्थानतर्फ लगे । बाढी कम भएपछि सबै गाउँले फर्किए । ऊ पनि फर्कियो ।
फर्केपछि सरासर महात्माको आश्रममा गएर क्रोधित हुँदै उसले भन्यो, 'महात्मा ! तपाईंले त विश्वास गरेमा ईश्वरले मद्दत गर्छन् भन्नुभएको होइन ?
ईश्वरले बचाउँछन् भन्ने विश्वास राखेको कारण झन्डै डुबेर मेरो मृत्यु भएको । खै कहाँ छन् तपाईंको ईश्वर ?
शान्त स्वरमा मुस्कुराउँदै महात्माले भने, 'बाबु ! तिम्रो प्रार्थनाको उत्तरको रूपमा नै ईश्वरले पहिला केही व्यक्ति तिमीलाई बचाउन पठाए । तिमीले तिनलाई अस्वीकार गयौ ।
फेरि डुंगा लिएर आएका व्यक्तिहरू ईश्वरले तिमीतर्फ पठाए । तिनलाई पनि तिमीले अस्वीकार गर्यो । धन्न ईश्वरले तिम्रो पुकार सुन्न छोडेनन् र तिम्रो प्राण बच्यो । याद राख, ईश्वरले प्रार्थनाको उत्तर कर्म गर्ने मौका दिएर दिन्छन् । ईश्वरले दिएको बुद्धिको उपयोग र मौकालाई चिन्ने क्षमता भने तिमी आफैमा हुनु जरूरी छ । तिमीले त्यसदिन मेरो पूरा कुरै कहाँ सुन्यौ र !'
पुराणमा उल्लेखित यस कथाले ईश्वरले तिनको सहायता गर्छन्, जसले ईश्वरद्वारा दिइएको बुद्धिको उचित उपयोग गर्न जान्दछन् भन्ने शिक्षा पाइन्छ ।
ज्ञान विशिष्ट ज्ञान वशिष्ठ :
श्रीराम सोह बर्षका भए । उनलाई तीर्थयात्रा जाने इच्छा भयो । आफ्ना भाई लक्ष्मण, भरत र शत्रुघ्नको साथमा उनी वाराणासी, केदारनाथ, मानसरोवर आदि तीर्थस्थलको भ्रमणमा गए । तीर्थयात्राबाट फर्किएपछि राजा दशरथलाई आफ्ना चारै छोराको विवाह गरिदिने इच्छा भयो । यता तीर्थयात्राबाट फर्किएपछि श्रीराम भने एकान्तमा बस्न र मौन रही आफैमा चिन्तन-मनन गर्न रूचाउन थालेका थिए ।
एकदिन ऋषि विश्वामित्र राजा दशरथको सभामा आए र श्रीरामलाई आफूले आफ्नो यज्ञ रक्षार्थ लैजान चाहेको बताए । राजा दशरथले विश्वामित्रलाई तीर्थयात्रापछि श्रीराममा आएको परिवर्तनको बारेमा जानकारी गराए । उनी विश्वामित्रसँग जान चाहेको खण्डमा आफू खुशी भएर अनुमति दिने बताए । ऋषि विश्वामित्रले श्रीरामलाई सभामा बोलाउने अनुमति मागे ।
सभामा श्रीरामको आगमन भयो । जसै विश्वामित्रले उनलाई मनस्थितिमा आएको परिवर्तनका बारेमा प्रश्न गरे, श्रीरामले उत्तर दिए, महर्षि विश्वामित्र ! तीर्थयात्राबाट आएयता मेरो मनमा यस्ता प्रश्न खेलिरहन्छन् यो ब्रह्माण्ड कतातर्फ गइरहेछ ? मानिसले हरेक कर्म सुख पाउनका लागि गर्छ तर हरेक सुख किन क्षणभंगुर हुन्छ र सुखको कारण नै किन दुःखको कारण बन्न पुग्छ ? म को हूँ ? कृपा गरेर मेरा यी प्रश्नको समाधान गरिदिनुहोस् ।'
श्रीरामको अन्यौल बुझेपछि महर्षि विश्वामित्रको आग्रहमा सभामै रहेका श्रीरामका गुरु ऋषि वशिष्ठले श्रीरामलाई ज्ञान प्रदान गरे र उनको मनको अन्धकार निर्मूल पारे । गुरू वशिष्ठले दिएको उक्त ज्ञान योग वशिष्ठको नामले उपलब्ध छ । योग वशिष्ठमा बत्तीस हजार श्लोक र चौसट्ठी हजार पंक्ति छन् । तिनले परमानन्दको प्राप्ति र स्वयम्को सार जान्नलाई मद्दत गर्छन् ।
योग वशिष्ठमा श्रीरामसँग गुरू वशिष्ठ भन्छन्, 'तिम्रो आत्मस्वरूप पवित्र छ । त्यसमा स्थिर रहने प्रयास गर । आत्मस्वरूप अजर, अमर र सर्वत्र व्याप्त छ । भूत र भविष्यको चिन्ता छोडेर तथा आशा र इच्छा त्यागेर शान्त बन । विवेकी बन । त्यसपछि तिम्रो अन्तरज्ञान रत्न चम्कन थाल्नेछ ।'
यस ग्रन्थको नाम योग वशिष्ठ भए पनि प्रायोगिक योग केवल दुई अध्यायमा मात्र बताइएको छ । बाँकीका अध्यायले केवल ज्ञान प्रदान गरेका छन् । त्यसैले योग वशिष्ठलाई ज्ञान विशिष्ट पनि भनिन्छ ।
जीवित रहने कला :
महर्षि माण्डल्य ठूला विद्वान र तपस्वी थिए । उनका धेरै शिष्य थिए । एकदिन तीमध्येका दुई शिष्य आश्रमबाट निस्केर नजिकै रहेको नदी किनारमा पूजाको लागि फूल टिप्न भनेर गए । फूल टिप्नुअघि स्नान गर्न नदीमा पस्नै लाग्दा उनीहरूले एउटा बिच्छी नदीको किनारै-किनार घिसिदै कतै गइरहेको देखे । त्यत्तिकैमा एउटा शिष्यले अर्कोलाई सावधान गराउँदै भन्यो, 'गुरूले खराब मानिस र वस्तुबाट टाढा रहनु बुद्धिमानी हो भन्नुभएको छ । त्यो बिच्छी हेर्दै विषालु देखिन्छ । त्यसको नजिकै जानुहुँदैन ।'
उनीहरू नुहाएर निस्कँदै गर्दा अघिको बिच्छीलाई नदीको पानीले बगाएर लगिरहेको देखे । बिच्छी पानीमा जीवनको लागि संघर्ष गरिरहेको थियो ।
यत्तिकैमा दोस्रो शिष्यले बिच्छीको जीवन रक्षा हेतु आफ्नो हातले त्यसलाई पानीबाट बाहिर निकाल्यो । बिच्छीको प्राण त जोगियो तर आफ्नो स्वभाववस बिच्छीले भने शिष्यलाई हातमा डसिदियो । दोस्रो शिष्य पीडाले कराउँदै गर्दा पहिलो शिष्यले भन्यो, 'तिमीले मेरो सुझाव र गुरूको शिक्षणको अनादर गन्यौ ।'
दोस्रो शिष्यले उत्तर दियो, गुरूले हरेक मूल्यमा अरूको सहायता गर्नु भन्नुभएको छ । अरूको सेवा गर्नु, चाहे तिम्रो सेवाभावको कदर होस् वा नहोस् भनेर सिकाउनुभएको छ । बिच्छीको त स्वभाव नै हो डस्ने । त्यसले डस्छ भन्दैमा म आफ्नो सेवाभाव त्याग्न कहाँ सक्थेँ र !
यही विषयलाई लिएर दुई शिष्यहरूबीच भनाभन भयो । पछि उनीहरूले समाधानका लागि गुरूसमक्ष जाने निधो गरे ।
दुबैको सबै कुरा सुनेपछि माण्डल्यले भने, 'तिमीहरू दुवै केही सही छौ र केही गलत । मेरा शब्दको वास्तविक मर्मचाहिँ तिमीहरू दुवैले बुझेका रहेनछौ ।
खराब मानिस र वस्तुबाट टाढा रहनु भनेर मैले भन्नुको अर्थ थियो, तीबाट स्वयमलाई प्रदुषित हुन नदिनु । जबसम्म अरूभित्रको प्रदुषण निर्मूल गर्ने सामर्थ्य र कलाको विकास आफूभित्र हुँदैन, तिनबाट आफूलाई जोगाउनु आवश्यक हुन्छ । अर्को कुरा मैले सेवाभाव कस्तै परिस्थितिमा पनि नछोड्नु भनेको छु । यसको उद्देश्य तिमीहरूलाई सेवामान शिकाउनु थियो । विवेकशीललाको प्रयोगबाई मेरो दुवैको बीचमा समायोजन खोज्नु हुन्थ्यो । सेवा गर्दा आफूलाई जोगाएर गर्नुपर्छ । जसले आफ्नो रक्षा गर्न सक्दैन उसले अरुको रक्षा गर्न सक्दैन । तिमीले एउटा लहनीको सहायताले बिच्छीलाई नदीबाट जोगाएको भए उसको प्राण पनि जोगिथ्यो र तिम्रो शरीको पनि सुरक्षा हुन्थ्यो । यसरी विरोधागाशको सिर्जना नगरी समायोजनको प्रयोग गर्न जान्नु विवेकशीलता हो ।
यस कथाले हामीलाई सेवाभाव जरूरी छ, तर आफ्नो सुरक्षा पनि उति नै जरूरी छ भनेर सिकाउँछ ।
दृष्टिकोण :
कुनै समय अंगीरस नामक एक महात्मा बनमा आश्रम बनाएर बरोका थिए । शिष्यहरू उनको बुद्धिमत्ताको निकै आदर गर्थे । केही शिष्य भने इर्ष्यालु स्वाभावका पनि थिए । उनीहरू छिटोभन्दा छिटी ज्ञान प्राप्त गर्न चाहन्थे । अन्यले आफूभन्दा केही राम्रो गरेको खण्डमा इर्ष्याभाव राख्थे । बिस्तारै उनीहरूले गुरूप्रति समेत संदेह भाव पाल्न थालेका थिए । उनीहरूको आरोप थियो, अगीरस आफ्ना प्रिय शिष्यलाई गोप्य रूपमा विशेष ज्ञान दिने गर्छन् । तर उनीहरूको आरोप मिथ्या थियो । गुरुले सबैलाई समानरूपमा दिएको ज्ञान उनीहरू आफ्नै कमजोरीका कारण पूर्णरूपमा बुझ्न सक्दैन थिए ।
एकदिन गुरु एक्लै भएको मौका परेर उनीहरू गुरुसमक्ष गए र भने, गुरूवर तपाईले विशेष ज्ञान किन केही विशिष्ट शिष्यहरुलाई मात्र दिइरहनु भएको छ ? कृपा गरेर यस किसिमको ज्ञान हामीलाई पनि दिनुहोस् ।'
गुरूलाई उनीहरूको यस किसिमको असा आरोप मन परेन । तर पनि शान्तिका साथ उनले भने, 'मैले तिमीहरू सबैलाई सही समान मान्दै एउटै व्यहवार गरेको छु । बराबर ज्ञान प्रदान गरेको छु । कसैले शिक्ष उन्नति गर्छ भने त्यो उसको आफ्नै परिश्रम र प्रतिभाको फल हो परिश्रम र प्रतिभाले नै विशिष्टता प्रदान हुने हो । तिमीहरुलाई कसैले रोकेको छ र विशिष्ट हुनबाट ?
कपटी हृदय भएका ती शिष्यलाई गुरूको सरल भनाइ स्वीकार्य थिएन । यस्तो देखेर गुरूले फेरि भने, ठिकै छ । तिमीहरूले यदि मेरो विशेष ध्यान चाहेका हौ भने म त्यसो गर्न तयार छु । तर त्योभन्दा अगाडि म तिमीहरूको परीक्षा लिन चाहन्छु । त्यसमा उत्तीर्ण भएको खण्डमा मात्र तिमीहरू मरो विशेष ध्यानको अधिकारी हुनेछौ ।
शिष्यहरू गुरूले भने बमोजिमको परीक्षा दिन तयार भए । गुरूले आदेश दिए, 'नजिकैको गाउँमा जाऊ र एकजना असल मान्छे खोजेर ल्याऊ । यो नै तिमीहरूको परीक्षा हुनेछ ।
गुरूले यति सरल परीक्षा लिएको देखेर शिष्यहरू निकै खुशी भए । उनीहरूले असल व्यक्ति खोजेर ल्याउन आफूमध्येबाट एक जनालाई प्रतिनिधिको रूपमा चयन गरेर गाउँ पठाए ।
दुर्भाग्य उनीहरूको, त्यो प्रतिनिधि जहाँ गए पनि उसले असल व्यक्ति फेला पार्न सकेन । गाउँका हरेक व्यक्ति उसलाई पाप कर्ममा लिप्त भएका लागे । अन्त्यमा हार मानेर ऊ फर्कियो र आफ्ना साथीलाई सबै कुरा सुनायो ।
निराश हुँदै गुरूसमक्ष आएर उनीहरूले भने, क्षमा गर्नुहोस् गुरूवर ! हामीले पठाएका प्रतिनिधिले गाउँभरिमा एउटा पनि असल मानिस भेटेन । पूरा गाउँ नै दुष्टहरूले भरिएको रहेछ ।
गुरूले भने, 'ठिकै छ । एकपटक तिमीहरूले मैले विशेष ध्यान दिएका • शिष्यहरू मानेकाहरूलाई त्यही गाउँमा पठाई हेरौ न त ।'
उनीहरू यसमा राजी भए ।
गुरूले ती विशेष मानिएका शिष्यहरूलाई बोलाएर भने, जाऊ, नजिकैको गाउँमा गएर खराब मानिसहरू खोजेर ल्याऊ ।'
गुरुको यस्तो माग जब पहिलेका शिष्यहरूले सुने । उनीहरू आफूमाथि अन्याय भएको भन्दै फेरि कराउन थाले । उनीहरूका अनुसार पूरै गाउँ दुष्टहरूले भरिएको थियो । त्यसैले त्यस्ता मानिसहरू खोज्न कुनै गाहो थिएन । गुरुले उनीहरूलाई केहीबेर शान्त रहन गर्न अनुरोध गरे ।
केहीबेरपछि दुष्ट मानिस खोज्न गएका शिष्यहरू फर्किए ।
उनीहरू खाली हात आएका थिए । निराश हुँदै तिनले भने, 'मा गर्नुहोस् गुरूवर हामीले गाउँभरि खोज्यो तर एक जना पनि दुष्ट व्यक्ति फेला पार्न सकेनौ पूरे गाउँमा एक पटक पनि असल कर्म नगरेको मानिस कोही रहेनछ ।
यस्तो सुनिसकेपछि गुरूले सबैलाई सम्बोधन गर्दै भने, देख्यो त तिमीहरू सबैलाई मैले समान ज्ञान दिएको हुँ । तर कसरी तिमीहरूमध्ये केहीले आफ्नो नकारात्मक सोचको कारण सबैलाई खराब देखोरहेछौ । केहीले आफ्नो सकारात्मक सोचका कारण कसैमा पनि खराब देख्दैन रहेछौ । विवेकशीलता र तिमीहरूमै निहीत प्रतिभाले तिमीहरुको दृष्टिकोणको विकास गर्दोरहेछ, होइन त ?
यस्तो सुनेर गुनासो गर्न आएका शिष्यहरू लज्जित भए । अबउप्रान्त आफूले आफ्नो सोचमा परिवर्तन ल्याउने प्रण गरे ।
संसार दुःख र सुखको सम्मिश्रण हो । हामी संसारमा र आफ्नो जीवनमा के देख्न चाहन्छौ भन्ने कुरा आफैमा भर पर्छ । विवेकशील दृष्टिकोणबाट हरेक व्यक्ति र घटनालाई सकारात्मक विश्लेषण गर्न, सकिन्छ । त्यसैले त्यस्ता स्वभावका व्यक्तिहरू सधै खुशी र आनन्दित रहने गर्छन ।
अर्को कुरा, गुरूका लागि सबै शिष्य उत्तिकै प्रिय हुन्छन् । कुनै शिष्यले यदि गुरुले भेद गरेको सम्झन्छ भने उसको अज्ञानता हो ।
कालीदास :
एक समयको कुरा हो । कुनै एउटा राज्यमा विद्योत्तमा नामकी अत्यन्त सुन्दर र विदुषी राजकुमारी थिइन् । राज्य सभामा हुने रहेक बैठकमा उनी आफ्नो तर्कले सबैलाई पराजित गर्थिन् । राज्य सभाका विद्वानहरू यसरी राजकुमारीद्वारा दैनिकजसो भोग्नुपरेको पराजयको कारण उनीसँग रूष्ट थिए र उपयुक्त क्षणमा यसको एकमुस्ट बदला लिने दाउमा थिए । एक पटक राजाले सबै दरबारीयालाई डाकेर राजकुमारीको उमेर विवाहयोग्य भएकोले उनका लागि योग्य र विद्वान वर खोज्न आग्रह गरे । दरबारीयाहरू यो मौकाको सदुपयोग गर्दै राजकुमारीको शेखी झार्ने बन्दोबस्त गर्न लागे । निकै खोजी गरेपछि उनीहरूले एकजना मूर्ख व्यक्ति खोजेर ल्याए । उनीहरूले त्यस मूर्खलाई हरेक अवस्थामा चुप रहेको खण्डमा मिठो खान र राम्रो लुगा लगाउन दिने प्रलोभन दिएका थिए । मूर्खले पनि लोभवस दरबारीयाहरूको यस्तो शर्त स्वीकार गरेको थियो । दरबारीयाले त्यस मूर्खलाई राज्य सभामा महापण्डितको रूपमा उपस्थित गराउँदै राजकुमारीसँगको विवाहका लागि ल्याएको बताए ।
राजकुमारीले आफू त्यस व्यक्तिसँग शास्त्रार्थ गर्ने र उसले आफूलाई पराजित गर्न सकेको खण्डमा मात्र उसँग स्वयम्वर गर्ने शर्त राखिन् । दरबारीयाले भने, 'महापण्डितले हाल मौन व्रत लिनुभएको छ । उहाँ शास्त्रार्थ त गर्नु हुन्छ तर सांकेतिक भाषामा मात्र ।'
राजकुमारीलाई शर्त मञ्जुर भयो 'ईश्वरको वास्तविकता' भन्ने विषयमा शास्त्रार्थ गर्ने निर्णय गरियो ।
राजकुमारीले ईश्वर एक छन् भन्ने अद्वैत वेदान्तको सिद्दान्त व्यक्त गर्दै त्यसको संकेतस्वरूप एउटा औला उठाइन् । दरबारीयाले ल्याएको मूर्खले सोच्यो, राजकुमारी उसको एउटा आँखा फोरिदिन्छु भनिरहेकी छिन् । उसले प्रत्युत्तरमा म तेरो दुइवटै फोरिदिन्छु भन्ने अर्थ राखेर दुइवटा औंला उठायो । दरबारीयाले उसले उठाएको दुईवटा औँलाको व्याख्या गर्दै भन्न लागे, महापण्डित ईश्वर सधैँ र सबैमा द्वैतका रूपमा विराजमान छन् भन्न चाहनुहुन्छ । जस्तो कि स्त्रीलिंग-पुलिंग, कार्य पूजा, दिन-रात, सही-गलत, सत्य-असत्य सबैमा ।'
यस्तो सुनेर राजकुमारीले ईश्वरको अभिव्यक्ति द्वैतका रूपमा भए पनि उसका गुणहरू भने तीन छन् सत्व, रज र तम भन्दै तीनवटा औंला उठाइन् ।
मूर्खले सोच्यो, 'राजकमारीले जति वटा औंला उठाउँछिन्, आफूले त्योभन्दा बढी उठाउनु पर्छ ।'
उसले चारवटा औला माथि उठायो ।
दरबारीयाले अर्थ लगाए, 'महापण्डित भन्न चाहनुहुन्छ, गुण तीन भए पनि तीनको पालन चारका रूपमा हुन्छ । जीवनका बार अवस्था छन् बाल्यावस्था, युवावस्था प्रौढावस्था र वृद्धावस्था दिशा पनि चारै छन् । वेदहरू पनि चारै छन् । जीवनक्रमका आश्रम पनि चारै छन् ब्रहमचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास "।।
राजकुमारीले तथाकथित महापण्डितको विद्वताबाट प्रसन्न हुँदै पञ्चतत्व र पञ्चइन्द्रिय दर्शाउन पाँच वटा औंला उठाइन् । मूर्खले राजकुमारीलाई उत्तरस्वरूप छ वटा औंला उठाएर देखाइदियो ।
दरबारीयाले त्यसको फेरि विश्लेषण गरे ब्रह्मज्ञान र ईश्वरप्राप्तिको बाटोमा छ वटा रोकावटहरू छन्- काम, क्रोध, लोभ, मोह, अहंकार र दुःख । त्यसैगरी आनन्दका पनि छ सूत्र छन्- धैर्य, दया, नम्रता, परिश्रम, प्रेम र सन्तोष ।
दरबारीयाले निकै ठूला विद्वानलाई ल्याएछन् भन्ने सोच्दै राजकुमारीले दिव्यताका सात परिचायक सीपतर्ष, सात रंग, सात नदी, सात सुर, सात समुद्र, सात बार र विवाहमा गरिने अग्निको सात परिक्रमा दर्शाउँदै सातवटा औंला उठाइन् ।
मूर्खले म के कम छु र भन्दै आठवटा औला उठाइदियो । दरबारीयाले भने, 'उहाँ योगका आठ शाखा, आठ प्रकारका क्लेश र आठ प्रकारका सम्पत्तिको बारेमा दर्शाउन चाहनुहुन्छ ।
राजकुमारीले यस्तो देखेर नौवटा औला उठाइन्- ईश्वरका नौ रूप मानव शरीरका नौ द्वार दर्शाउँदै ।
•प्रत्युत्तरमा मूर्खले दशैवटा औंला उठायो । त्यसको व्याख्या दरबारीयाले यसप्रकार गरे, 'दश औंलाको अर्थ ईश्वरका नाम र रूप अनेक भए पनि उनको अस्तित्व भने एक छ भन्ने हो ।" राजकुमारी निकै प्रसन्न भइन् । दरबारीयाले ल्याएको त्यस व्यक्तिसँग विवाह गर्न राजी भइन् । दरबारीया बल्ल राजकुमारीको शेखी झर्ने भयो भनेर प्रसन्न भए ।
विवाह भएको केही समयमै राजकुमारीले आफूमाथि धोका भएको थाहा पाइन् । उनी अनेक प्रकारले आफ्नो नव विवाहित श्रीमानलाई उसको मूर्खताको बोध गराउन लागिन् । श्रीमान् जत्ति मुर्ख भए पनि स्वाभीमानी थियो श्रीमतीको दिन-रातको टोकसो सहन नसकेर ज्ञानको खोजीमा उसले दरबार त्याग्यो ।
ज्ञान प्राप्तिका लागि उद्यत भएर निकै लामो तपस्यापछि कालीको मन्दिरमा आफ्नो जिब्रो अर्पण गर्न लाग्दा काली प्रकट भइन् र उसलाई अथाह ज्ञानको वरदान दिइन् । त्यसपछि उसको नाम कालीदास रहन गयो । कालान्तरमा तिनै कालीदास संस्कृत साहित्यका महाकविका रूपमा प्रख्यात भए ।
समाप्त शुभम्!!!
प्रतिक
Comments
Post a Comment