काब्य रस
gyawalipratik09
Mar 9, 2022
काव्य रस
संस्कृतमा ऋषि र कवि शब्दलाई पर्यायवाची मानिन्छ । प्राचीनकालका ऋषिहरू आफ्नो ध्यान दृष्टिले देखेको, अनुभव गरेको प्रकृतिको स्पन्दनलाई शब्दमार्फत व्यक्त गर्न सक्षम थिए । उनीहरूको यस किसिमको अभिव्यक्ति रहस्यमयी किसिमले मनोहर हुने गर्थ्यो । जापानमा पनि भेन भिक्षुहरूले आफ्नो ध्यान अनुभवलाई तीन हरफमा लेखेर व्यक्त गर्ने कविता हाइकुको परम्परा नै चलाए । उक्त परम्पराका प्रखर कविहरू मात्सुवो बाशो, इस्सा आदिका हाइकुहरू पढ्दा फगत् शब्दमात्र पढेको नभई त्यहाँ उल्लेखित परिस्थिति नै अनुभव गरेको बोध हुन्छ । चाहे प्राचीनकाल होस् वा आधुनिक, आध्यात्मिक परम्पराका प्रख्यात सन्त, ऋषिहरूको हरेक वक्तव्य काव्यमय गुणले भरिएको हुन्छ । बीसौं शताब्दीका प्रख्यात सन्त ओशो त आफूलाई मृत्युपर्यन्त सम्झनु परेको खण्डमा दार्शनिकका रूपमा नभई कविका रूपमा सम्झन अनुरोध गर्थे । उनका प्रवचनहरू सुन्दा सुन्दर कविता सुनेजस्तो अनुभव हुन्छ।
'आर्ट अफ लिभिङ'मा साप्ताहिक ज्ञानपत्रको प्रसार गर्ने परम्परा बसालियो । त्यसमा रविशंकरद्वारा विभिन्न बिषयमा दिइएका वक्तव्य हुने गर्छन् । यी ज्ञानपत्र फ्याक्स र इमेलद्वारा 'आर्ट अफ लिभिङ फाउन्डेसनको विश्वभरका शाखामा पठाइन्छ । अनुयायीहरू अत्यन्त उत्सुकताका साथ ज्ञानपत्रको पर्खाइमा रहन्छन् । रविशंकरका यी ज्ञानपत्र पनि काव्यमय माधुर्यले ओतप्रोत हुन्छन् ।
रविशंकरले भनेका छन्, 'बासी विचारको मन्थनको नतीजा नभई स्वतरपूर्लस्यमा आफ्नो अन्तसको झरनाबाट झरेका शब्दहरू कविताजस्ता • हलुका तर गहन अर्थ बोक्ने किसिमका हुन्छन् ।'
रविशंकरको ज्ञानपत्रहरूबाट संकलित कविताजस्ता लाग्ने केही चुनिएका हरफहरू::
परमआनन्द :
ध्वनिको विस्तार हो संगीत...
र गतिको विस्तार हो नृत्य मुस्कानको विस्तार हो खिलखिलाहट...
र मनको विस्तार हो ध्यान जीवनको विस्तार हो उत्सव
र भक्तको विस्तार हो भगवान....
भावनाको विस्तार हो उल्लास...
र शून्यताको विस्तार हो परमआनन्द ॥
ईश्वर :
स्वयम्मा ईश्वरको दर्शन हुनु हो ध्यान,
अन्यमा ईश्वर देख्नु हो प्रेम । र सर्वत्र ईश्वरकै दर्शन हुनु हो ज्ञान ।
प्रेमको अभिव्यक्ति हो सेवा,
आनन्दको अभिव्यक्ति मुस्कान ।
शान्तिको अभिव्यक्ति हो ध्यान, ईश्वरको अभिव्यक्ति जागरण ।
भय :
कसले भन्छ भय हो खराब ?
ईश्वरको सृष्टिमा छैन केही पनि बेकार।
मृत्युको भय छ जरूरी जीवन रक्षाका लागि...
गल्तीको भयले नै हिँडाउँछ तिमीलाई सहीको राजपथमा...
बिमारीको भयले प्रोत्साहित गर्छ स्वच्छतालाई...
दुःखको भयले प्रेरित गर्छ तिमीलाई ज्ञानका लागि ||
प्रेम :
प्रेम हो आदि,
र प्रेम नै अन्त ।।
कार्य प्रेम र कारण प्रेम...
ब्रह्माण्डको कण-कणमा छ व्याप्त प्रेम ।।
र प्रेम छ बिछोडमा पनि ।।
मिलनमा पनि छ प्रेम नै..
प्रेमको चमक हो परम आनन्द....
प्रेमको प्रवाह, अनुकम्पा र करुणा ।।
प्रेमको विस्फोट हो क्रोध, प्रेममा विक्षोभ हो इर्ष्या ।।
प्रेमको नकार हो घृणा...
प्रेममा सक्रियता, सम्पूर्णता ।।
र प्रेममा ज्ञान नै हो बुद्धत्व ।।
वासना र प्रेम :
बासनाले ल्याउँछ तनाव पेगले दिन्छ विभाग ||
बासनामा हुन्छ छल कपट ||
प्रेममा विनोद र लीला..
वासनामा हुन्छ हिंसा ॥
प्रेमले चाहन्छ दिन बलिदान..
वासना हो माँग ।।
प्रेम हो अधिकार..
वासना हुन्छ निरस अन्धकारमय ||
प्रेममा हुन्छ अनेक रूपरंग..
वासनाले चाहन्छ कैद गर्ने ।।
प्रेमले दिन्छ स्वतन्त्रता र मुक्ति...
वासना एक अंगमा केन्द्रित हुन्छ ।|
प्रेमको केन्द्र सम्पूर्ण अस्तित्व हो ॥
वासना चाहन्छ कब्जा गर्न र
झम्टिन प्रेम चाहन्छ गर्न समर्पण...
वासनामा प्रयत्न जरुरी हुन्छ ।।
प्रेम हुन्छ बिना प्रयत्न..
वासनामा हुन्न केही सिवाय दुविधा र तनाव..
प्रेमले तिमीलाई केन्द्रित गर्छ ।|
वासना भन्छ- जे म चाहन्छु, त्यो हुनैपर्छ ।।
प्रेमले भन्छ- प्रिय, जे तिम्रो मर्जी..
वासनाले दिन्छ ज्वर कुण्ठा प्रेमले दिन्छ मिठो उत्कण्ठा ।।
अमरत्व :
अमर हुन्छ त्यस्तो एक प्रेम...
जसले सक्छ सहन गर्न तिरस्कार पनि ॥
र मुक्त हुन्छ त्यस्तो प्रेम क्रोध र अहम्बाट पनि...
अमर हुन्छ त्यस्तो एक प्रतिवद्धता...
जसले सक्छ सहन गर्न अपमान पनि....
र पुग्छ त्यो नै अन्त्यमा लक्ष्यसम्म ||
अमर हुन्छ त्यस्तो एक ज्ञान..
जसले सक्छ सहन गर्न जस्तै उथल-पुथल पनि..
र त्यही नै रहन्छ तिम्रो साथ ||
अन्त्सम्म पनि ।
अमर हुन्छ त्यस्तो एक निष्ठा...
जसले सहन गर्न संदेहको जस्तै परिस्थिति पनि....
र त्यसले नै ल्याउँछ तिम्रो जीवनमा सिद्धि र चमत्कारहरू ||
अमर हुन्छ जीवनको त्यस्तो एक घटना...
जसले सक्छ सहन गर्न जस्तै समय पनि...
र त्यसले नै ल्याउँछ परिवर्तन तिम्रो जीवनमा ।।
ज्ञान- एक बोझ :
ज्ञान एक बोझ मात्र हो
यदि त्यसले लिएर जान्छ तिम्रो सोझोपन....
ज्ञान एक बोझ मात्र हो
यदि त्यो छैन जीवनसँग जोडिएको...
ज्ञान एक बोझ मात्र हो
यदि ल्याउँदैन त्यसले तिम्रो जीवनमा प्रसन्नता ॥
ज्ञान एक बोझ मात्र हो
यदि सोच्छौं कि तिमी ज्ञानी हौ..
ज्ञान एक बोझ मात्र हो
यदि त्यो ज्ञानले बनाउँदैन तिमीलाई मुक्त
ज्ञान एक बोझ मात्र हो,
यदि त्यसैका कारण तिमी आफूलाई विशेष ।
तिमी यहाँ केका लागि हौ :
तिमी यहाँ अरूलाई आरोप लगाउनका लागि होइनौ
न त हौ रून, कराउनका लागि ।
तिमी यहाँ निदाएर जिउनका लागि होइन...
न त हौ अरूलाई देखाउनका लागि ।
तिमी यहाँ झगडा गर्नको लागि होइनौ..
न त हौ दुःखी हुनको लागि ।
तिमी यहाँ क्रोधित हुनको लागि होइन..
न त हौ चिन्ता गर्नको लागि ।
ज्ञान :
आफ्नो मनलाई ईश्वरको खेलौना सम्झ
अनि हेर खेल मनको,
र त्यसमा लेऊ मजा ।
अनि संसारलाई पनि सम्झ ईश्वरकै लीला
रहेर प्रदर्शनी त्यसको ।
यदि गन्यौ यी दुई उपाय,
तिमी तत्क्षण अद्वैत चेतनामा विश्राम गर्ने छौ ।
ज्ञान विना जीवन अधुरो :
जीवन जसमा ज्ञानको उदय भएको छैन,
त्यो जीवन रहन्छ अधुरो |
जसले ज्ञानको भाव ल्याउँदैन,
त्यो ज्ञान रहन्छ अधुरो |
भाव जुन बदलिएको छैन क्रियामा,
त्यो भाव रहन्छ अधुरो ।
क्रिया जसले तृप्ति ल्याउँदैन,
त्यो क्रिया रहन्छ अधुरो |
र तृप्ति हो स्वयंमा स्थिर रहनु ।
ज्ञानी-अज्ञानी :
ज्ञानी ती हुन्
जो अरूको सुखमा पनि पाउँछन् आफ्नै सुख
अज्ञानी ती हुन्
जो अरूको दुःखमा पाउँछन् आफ्नो सुख
प्रार्थना :
हे ईश्वर |
मलाई प्यास नदेऊ,
यदि तिमी त्यसलाई सक्दैनौ तृप्त गर्न ।
मलाई भोक नदेऊ,
यदि तिमी सक्दैनौ भोजन दिन।
मलाई खुशी नदेऊ,
यदि म सक्दिनँ त्यसलाई बाँड्न
मलाई कला नदेऊ,
यदि म सक्दिनँ त्यसको उपयोग गर्न ।
मलाई प्रेम नदेऊ,
यदि म सक्दिनँ सेवा गर्न ।
मलाई चाहना नदेऊ,
यदि म सक्दिनँ तिम्रो अझ निकट आउन ।
मलाई बाटो नदेऊ,
यदि म सक्दिनँ आफ्नो घरसम्म पुग्न ।
र मलाई प्रार्थना नदेऊ,
यदि तिमी तयार छैनौ त्यसलाई सुन्न ।
शुरूवात र अन्त :
ज्ञानको शुरूवात जिज्ञासा ज्ञानको अन्त विस्मय
विस्मय नै योगको जननी
र योगको फल प्रेम ।
मुस्कान :
त्यो ज्ञान के ज्ञान
जसले मुस्कुराहट ल्याउँदैन ।
त्यो भक्ति के भक्ति
जसले आँसु ल्याउँदैन ।
प्रेमको आँसु ॥
जीवनको सफलता के नै हो र
सिवाय मुस्कानको ।
यस्तो मुस्कान जो कसैले खोस्न सक्दैन
किनकि,
तिमी त्यत्ति नै मुस्कुराउने हौ,
जति तिम्रो तृप्ति छ ।
बुद्धिमानको मुस्कान सित्तै छ
मूर्खको मुस्कान निकै महँगो
ज्ञानीको भने रिस हुन्छ महँगो ।
आशिर्वाद :
तिमी उदार छौ भने,
समृद्धि आउने छ जीवनमा आशिर्वाद बनेर ।
तिमी परिश्रमी छौ भने,
खुशी आउने छ जीवनमा आशिर्वाद बनेर ।
तिमी अल्छि छौ भने,
परिश्रम आउने छ जीवनमा आशिर्वाद बनेर ।
तिमी सुखको खोजमा दौडेका छौ भने,
अनासक्ति आउने छ जीवनमा आशिर्वाद बनेर ।
तिमी वैराग्यमा छौ भने,
आत्मज्ञान आउने छ जीवनमा आशिर्वाद बनेर
वरदान :
शब्द असमर्थ छन्
सत्यको स्वरूप वर्णनको लागि ।
तर तीनले प्रज्वलित गर्न सक्छन ज्ञान-शीखा ||
तीव्र तृष्णाको सान्त्वना सम्भव छ ।
जगाउन सकिन्छ आनन्द उल्लास ।
र ज्ञात गराउन सकिन्छ तिमीलाई ।
प्रेम कति अमूल्य छ जीवनमा भनेर ||
तर पनि तिनकै सही छाप छ ।
सृष्टिको हर वृक्ष र त्यसको मूलमा ।
जसरी ईश्वर छन् अदृश्य उनको स्कन्द अज्ञात,
त्यसरी नै हृदयको प्रशान्त कक्षमा र तिमी छौ मभित्र मेरै रूपमा ||
म तिमीभित्र
तिमी नै बनेर बसेको छु ।
आहा !!
कस्तो वरदान हो यो जीवन !
जहाँ छ मात्र प्रेम र ईश्वरकृपा..
मात्र जरूरी छ अलिकति
आँखा उघारेर हेर्न ।।
हर पत्थर छन् अनमोल :
जुन मन्दिरको निर्माणमा उपयोग हुन्छन् ।
हरेक किसिमका पत्थर
केहीबाट बनाइन्छन् जग मन्दिरको ||
जो देखिन्नन् तर बाहिरबाट
केही पत्थर जसमा सकिन्छ बुट्टा खोप्न ॥
तीबाट बनाइन्छन् मन्दिरका पर्खाल र खम्बाहरू |
केही अन्य पत्थरबाट बन्छन् सिंढीहरू |
र केहीबाट बन्छन् मन्दिरको गुम्बज ||
र सर्वोत्तम छ जो ..
त्यो पत्थरबाट बनाइन्छ देवीको मूर्ति ।
जब बनिसक्छ मन्दिर,
पत्थर कहाँ रहन्छन् र मात्र पत्थर ||||
बन्छन् ती शिल्प-कला कृति ॥
बिना सिंढी
बिना जग बिना खम्बा र गुम्बज ||
कहाँ बन्छ र मन्दिर ||
त्यसैले
हरेक पत्थर छन् यहाँ अनमोल ।।
प्रश्न :
पूर्ण ज्ञान मिल्दैन
जीवनमा तब सम्म ।
जबसम्म समाप्त हुन्नन्
मनका हरेक प्रश्न |
त्यसैले स्वभाविक हुन्
र हुन् जरूरी पनि
मनमा उठ्ने हरेक प्रश्न |
चेतना जबसम्म बहिर्मुखी छ,
प्रश्न रहन्छ मनको- यो के हो ?
र जब चेतनाले यात्रा गर्न थाल्छ भित्र,
प्रश्न शुरू हुन्छ म को हूँ ?
यो के हो ?
हो विज्ञान |
म को हूँ ?
हो अध्यात्म |
एउटा उचाई हो
भने अर्को हो गहिराइ ।
गहिराइ बिनाको उचाई
र उचाई बिना गहिराइको
के नै पो मूल्य छ र ?
त्यसकारण तिम्रा हरेक प्रश्न
छन् मूल्यवान |।
ज्ञान :
यदि तिमी सोच्छौ,
मलाई थाहा छैन केही,
तिमीलाई थाहा छ
म को हूँ ।
र यदि तिमीलाई थाहा छ
म को हूँ,
त्यही नै हो ज्ञानको प्राप्ति ।
र यदि तिमीलाई भएको छ ज्ञानको
तिमी निश्चय नै मुर्ख होइनौ ।
तर यदि सोच्छौ
म बुद्धिमान छु भनेर, तिमीलाई थाहा छैन
म को हूँ ।
र यदि तिमीलाई थाहा छैन
म को हूँ,
तब तिमी अझै मुर्ख नै छौ !
आनन्द :
सुख तिम्रो अधिकार हो
र आनन्द तिम्रो स्वभाव |
तर स्वीकार गर दुःखलाई पनि
दुःखमै हुन्छ तिम्रो विकास ।
दुःखको बीजको अंकुरण हुन्छ पक्कै एकदिन
र फुल्नेछन् जीवनमा आनन्दका फूल ।।
एघारौं आदेश :
केही छन्
जो केवल भीडमा मात्र उत्सव मनाउन जान्दछन् ।
र अरू केही छन्
जो केवल एकान्तमा, मौनमा
मात्र उत्सव मनाउन जान्दछन् ।
म तिमीसँग भन्छु- दुवै गर ।
एकान्तमा उत्सव मनाऊ
भीड पनि उत्सव मनाऊ
शान्तिमा उत्सव मनाऊ
हो-हल्लामा पनि उत्सव मनाऊ
जीवनको उत्सव मनाऊ
मृत्युमा पनि उत्सव मनाऊ
यो नै मेरो एघारौँ आदेश हो ।
आस्था :
जसरी थाहा छ नदेखिने
सूर्यको वरिपरि पृथ्वी घुम्छ भनेर ।
जसरी देखिन्न तर पनि थाहा छ,
हावाले घेरिएको छ चारैतर्फबाट भनेर ।
जसरी नखाई नै थाहा छ,
विष खायो भने मरिन्छ भनेर ।
त्यसरी नै केही जानेर हिँड
र हिँड केही मानेर,
अनि सबैलाई प्रेमले अँगालेर हिँड ।
प्रेमको अर्थ हो,
सबै आफ्नो हुन्।।
सब तिम्रै रूप हो :
सृष्टि तिम्रै उपस्थितिको उत्सव मनाइरहेछ
पात पातमा...
प्वाँख पखेटामा...
फूल र काँडा, जरा जरामा ।
उपस्थित र ओझेल दुवैमा
म देख्छु तिमी नै तिमी...
सब तिमी नै हौ ।
र तिमी मात्र
तिमी सिवाय छैन अरू कोही र केही...
वृक्षहरूको हाँगामा, काँडामा, जरामा,
कमल र हिलो दुवैमा...
म देख्छु तिम्रै
मुस्कुराउदै, हाँस्दै, नाच्दै र गाउँदै गरेको छवी ।
तिमी नै हौ ।
सबै तिमी नै हौ..
आनन्दको आँशु होस् वा दुःख को आँशु,
दुवै तिमी ।
खेल्दै, नाच्दै र उत्सव मनाउँदै गरेको तिम्रो स्वरूप हो
सबै र मेरो उपस्थितिमा दुवै हातले ताली बजाउँदै,
आनन्द मनाइरहेको
पनि तिमी नै हौ ।
सबै तिमी नै हौ ॥
स्वीकार :
स्वीकार हो पूर्णताको स्थिति, स्वीकार नै हो ज्ञान ।
हे ईश्वर !
तिम्रो जे इच्छा छ,
सोहि मेरो इच्छा छ ।
यो भाव हो बुद्धत्व
नकार हो मनको विभाजति अवस्था
र नकार नै हो अज्ञान ।
सब फूल फुल्दछन् स्वीकार भावमा...
अस्तित्वको गुन्ज हो स्वीकार भाव ।
यहाँ कोही छैन गैर ।
ज्ञानको अर्थ हो,
सबैमा छ मेरै स्वरूप |
मबाहेक छैन कोही-केही अरू ।
वर्तमान :
इच्छा अर्थात् भोलि
भोलिको चिन्ता नै हो तनाव र सन्ताप
र वर्तमान हो आनन्द ।
इच्छाहरूले गर्छन् मात्र बाचा आनन्दको ।
वर्तमानमा डुबी हेर,
तत्क्षण उपलब्ध छ आनन्द ।
जीवन अहिले र यहीं छ,
परमात्मा अनि आनन्द पनि ।
आजै, अहिल्यै र यहीं
वर्तमानमै छन् ।।
अकारण:
प्रसन्न अकारण रहन सकिन्छ
र प्रेममा पनि बिना कुनै कारण ।
दुःखी रहन कारण चाहिन्छ ।
घृणा गर्न पनि चाहिन्छ कारण |
तर प्रेम, आनन्द र खुशी
अकारण उपलब्ध छन् ।
किनकि ती हाम्रो स्वभाव हुन् ।
सुख र प्रेम
हाम्रो स्वरूप हुन् ।
ध्यान :
चेतना नै जीवन हो
चेतना नै शिव
चेतना नै आत्मा
ध्यानले जगाऊ चेतना ।
ध्यानले ल्याउँछ जीवनमा पूर्णता ।
ध्यान नै हो जीवनको आधारशीला ।।
भावमा भगवान :
बुद्धि छुद्र हो
र भाव विराट ।
बुद्धिभन्दा कैयौँ गुणा अपार छ
भावको संसार ।
र जहाँ भावना छ,
त्यहाँ नै छन्
भगवान |
नास्तिक आस्तिक
शब्दका आस्तिक र नास्तिक एकै हुन् ।
बिना आफ्नो खोज,
उधारो लिएर अरूका शब्द
जो कहलाउँछन् आफूलाई
नास्तिक वा आस्तिक |
छैन उनीहरू दुवैमा रित्त पनि भेद ।
नास्तिक भन्छन्,
पहिला देखाऊ भगवान कहाँ छन्
अनि मानौला
भगवान छन् भनेर ।
आस्तिक भन्छन्,
म मान्दछु भगवान छन् भनेर
तर पनि देख्न चाहन्छु
भगवानलाई ।
परमज्ञान सम्भव छ
केवल नास्तिकता र आस्तिकता को पार ।।
मुक्ति :
पागल भए बिना परमात्माको दर्शन सम्भव छैन
जो सब दाउमा लगाउन तयार छन् उसको एक दर्शनका
लागि,
तीनले मात्र पाउँछन् मुक्ति ।
बन्धन जति छन् जीवनका,
ती सबैबाट मुक्त गर आफूलाई ।
पंखा खोल आफ्नो
र उन्मुक्त उडान भर चेतनाको मुक्त आकाशमा
बाहिरबाट कसैले तिमीलाई बाँधेको छैन ।
बन्धन पनि तिमीभित्रै छ ।
र त्यसैकारण
मुक्ति पनि तिमीभित्र नै ।
अरू कोहीले तिमीलाई मुक्त गर्न सक्दैन
किनकि बन्धन पनि तिम्रो आफ्नो नै हो ।
तिमी आफूले नै बाँधेर राखेका छौ आफूलाई
अनेक अनेक बहानामा ।
मुक्ति तिम्रो स्वभाव हो ।
मुक्ति तिम्रो जन्मसिद्ध अधिकार हो ।।
मेरो बाचा तिम्रो लागि :
भयो बाचा गर्दिनँ
कि तिमीलाई सधै आराममात्र हुनेछ जीवनमा,
किनकि आरामले त जीवनलाई अल्छी र बेचैन बनाउँछ ।
म यो पनि बाचा गर्दिनँ
कि तिम्रा सारा इच्छा पूरा हुनेछन्,
र तिम्रा सबै आउनेवाला दिनहरू राम्रा हुनेछन् ।
किनकि कठिन दिनहरूले नै आनन्दका क्षणलाई
सम्झनलायक बनाउँछन् ।
म यो पनि बाचा गर्दिनँ
कि तिमी धनी, विख्यात वा शक्तिशाली बन्नेछौं,
किनकि संसारमा सम्राट नै हुन्,
जो सबैभन्दा दुःखी भएर
जिउँछन् र दुःखी भै मर्छन् ।
म यो बाचा पनि गर्दिन
कि हामी सधै साथ नै हुनेछौं
किनकि वियोगको कारण नै
संयोग यति अदभूत छ जीवनमा ।
तर यदि तिमी प्रेमलाई नै जीवनमा
सबैभन्दा मूल्यवान सम्झन्छौ भने
मेरो वाचा तिमीलाई,
तिम्रो सर्वाधिक समृद्ध र परिपूर्ण जीवन हुनेछ ।
मेरो बाचा तिमीलाई ।
तिम्रो जीवन सनातन समारोह हुनेछ ।
र मेरो बाचा तिमीलाई ।
कुनै सम्राटले आफ्नो मुकुटलाई गर्नेभन्दा बढी प्रेम
म गर्ने छु तिमीलाई ।
एक जननीले आफ्नो नवजात पुत्रलाई गर्नेभन्दा बढी प्रेम,
म गर्नेछु तिमीलाई.
मेरो अंगालोमा आउन चाहन्छौ,
यदि मेरो हृदयमा बस्न चाहन्छौ
भने तिमी पाउनेछौ त्यो सम्पदा जसको खोजमा तिमी
मेरो निकटमा नै तिमीले पाउनेछौ
अनन्त अनन्तदेखि थियौ ।
आफूले आफूलाई
यो मेरो बाचा तिमीलाई ।।
Comments
Post a Comment