Posts

Showing posts from June, 2026

जैविक विविधता विश्लेषण तथा स्थानीय रैथाने बाली दस्तावेजीकरण- प्रतीक ज्ञवाली

Image
अघौली सामुदायिक बीउ बैंक पूर्व- न व लपरासी, नेपाल जैविक विविधता विश्लेषण तथा स्थानीय रैथाने बाली दस्तावेजीकरण ~~~   कृषि ब्लग श्रृङ्खला  ~~~   एक कृषि विद्यार्थीको यात्रा: चितवनबाट नवलपरासीसम्म नमस्कार! म प्रतीक ज्ञवाली , कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU)को बी.एस्सी. कृषि विद्यार्थी । केही महिना अघि मैले एउटा यस्तो यात्रा गरें जसले मलाई नेपालको कृषि जगतप्रति पूर्णतः नयाँ दृष्टिकोण दियो। पूर्व- नवलपरासीको कावासोती नगरपालिका-१४,  अघौली मा   रहेको सामुदायिक बीउ बैंकमा पुग्दा मैले एउटा अद्भुत संसार भेट्टाएँ; जहाँ पुस्तौंदेखि जोगाइएका स्थानीय रैथाने बालीका बीउहरू एक छानाभित्र संरक्षित छन्। त्यो अनुभवलाई म यस ब्लग श्रृङ्खलामार्फत तपाईंहरूसँग साझा गर्न चाहन्छु। अघौली सामुदायिक बीउ बैंकले कुल १०३ भन्दा बढी प्रजातिका स्थानीय बालीहरू संरक्षित गरेको छ: जसमा ३२ प्रकारका धान, १० प्रकारका अन्न बाली, ५३ प्रकारका तरकारी बाली, १० प्रकारका तेल तथा मसला बाली, र १६ प्रकारका फलफूल तथा जडीबुटी समावेश छन्। यो केवल बीउ भण्डार मात्र होइन, यो एक जीवित इतिहास ह...