Posts

Showing posts from January, 2023

आऊ.... म कथा सुनाउँछु

 पूर्वीय अध्यात्म तथा दर्शन परम्पराले द्रष्टाहरूको अनुभवलाई सुदूर भविष्यको लागि सञ्चय गरेर राख्न पुराणको आविष्कार गर्यो पुराणको शाब्दिक अर्थ, नयाँ शहर अथवा नयाँ परम्परा भन्ने लाग्छ पुराणमा उल्लेखित कथाहरू वर्तमान परिप्रेक्ष्यमा उडन्ते वा कपोलकल्पित जस्तो लाग्छन् । तर ती कथाको विम्बात्मक विश्लेषण गर्ने हो भने, तिनको गहिराइमा डुबुल्की मार्ने हो भने बोध र ज्ञानका दुर्लभ मोतीहरू पाइन्छन् । विभिन्न ऋषि, सन्त र सम्बुद्ध पुरुषहरूले ती कथाको प्रयोग आफ्नो प्रवचनमा गर्ने गरेको पाइन्छ आधुनिक कालका विद्वान धर्मगुरूहरू त कुनै एउटा धर्मको मात्र नभई विभिन्न धर्ममा चलिआएका नीति कथाका साथै अनेक प्रकारका कथाद्वारा आफ्नो प्रवचनलाई सिँगार्छन् ।  प्रस्तुत नीति तथा बोध कथाहरू रविशंकरद्वारा विभिन्न विषयमा दिइएका प्रवचनबाट सङ्कलन गरिएको हो । कृतज्ञता : निकै अगाडिको कुरा हो । एकजना गुरू र उनका शिष्य गाउँ-गाउँ घुम्दै जनमानसलाई शिक्षा र ज्ञान प्रदान गर्ने गर्थे । वर्षाको समयमा • उनीहरूलाई यसरी हिँड्ने क्रममा निकै समस्या हुन्थ्यो । त्यसबेलाको लागि भनेर उनीहरूले एउटा पहाडको टुप्पोमा सानो कुटी बनाएका थिए ।...

बाहुन भित्र जातीय विभेदको विकराल अवस्था

बाहुन भित्र जातीय विभेदको विकराल अवस्था: पत्र पत्रिकाहरूमा हामीहरू जातीय विभेद र विभेदबाट उन्मुक्तिका धेरै कथाहरू पढ्छौँ । सामान्यतया जातीय विभेद जहिले पनि दलित र गैह्र दलित बिचमा हुने गरेको छ भनेर हामी हरू बुझ्दै आइरहेका छौँ । दलित र गैह्र दलितको बिचमा मात्र नभएर दलित दलित बिचमा र ब्राह्मण ब्राह्मण बिचमा समेत जातीय विभेद रहेको कुरा समेत समाजमा देख्न सकिन्छ । यो विवादले त्यति साह्रो उग्र रूप लिँदैन किनकि त्यो विभेदलाई समाजले एउटा निश्चित नियममा हिँडाएको छ । अर्थात् त्यो विभेद उही वर्गले उही वर्गलाई गर्ने व्यवहार भएको कारण भित्र भित्र त्यस्ता विभेदहरू भए पनि सतह सम्म आइपुग्दैनन् । जस्तै छोई छिटो दलित दलितको बिचमा पनि हुन्छ त्यो कुरा घोर अन्यायको रूप धारण गरेर सतह सम्म आइ पुग्दैन । त्यस्तै गरेर जातीय विभेद ब्राह्मण ब्राह्मण बिचमा पनि हुने गरेको छ त्यो कुरा पनि सामाजिक बहसको विषय कहिल्यै बन्दैन। बाहुन भित्र जातीय विभेदका किसिम: बाहुन मुख्यतया तिन किसिम का हुन्छन् – उपाध्याय, ज्योतिषी (जैसी) र कुमाई । उपाध्याय : उपाध्याय हरू आफू लाई सर्वोत्कृष्ट ब्राह्मण ठान्दछन् किनकि कुनै उपाध्यायले अलिक...

काब्य रस

gyawalipratik09 Mar 9, 2022 काव्य रस संस्कृतमा ऋषि र कवि शब्दलाई पर्यायवाची मानिन्छ । प्राचीनकालका ऋषिहरू आफ्नो ध्यान दृष्टिले देखेको, अनुभव गरेको प्रकृतिको स्पन्दनलाई शब्दमार्फत व्यक्त गर्न सक्षम थिए । उनीहरूको यस किसिमको अभिव्यक्ति रहस्यमयी किसिमले मनोहर हुने गर्थ्यो । जापानमा पनि भेन भिक्षुहरूले आफ्नो ध्यान अनुभवलाई तीन हरफमा लेखेर व्यक्त गर्ने कविता हाइकुको परम्परा नै चलाए । उक्त परम्पराका प्रखर कविहरू मात्सुवो बाशो, इस्सा आदिका हाइकुहरू पढ्दा फगत् शब्दमात्र पढेको नभई त्यहाँ उल्लेखित परिस्थिति नै अनुभव गरेको बोध हुन्छ । चाहे प्राचीनकाल होस् वा आधुनिक, आध्यात्मिक परम्पराका प्रख्यात सन्त, ऋषिहरूको हरेक वक्तव्य काव्यमय गुणले भरिएको हुन्छ । बीसौं शताब्दीका प्रख्यात सन्त ओशो त आफूलाई मृत्युपर्यन्त सम्झनु परेको खण्डमा दार्शनिकका रूपमा नभई कविका रूपमा सम्झन अनुरोध गर्थे । उनका प्रवचनहरू सुन्दा सुन्दर कविता सुनेजस्तो अनुभव हुन्छ। 'आर्ट अफ लिभिङ'मा साप्ताहिक ज्ञानपत्रको प्रसार गर्ने परम्परा बसालियो । त्यसमा रविशंकरद्वारा विभिन्न बिषयमा दिइएका वक्तव्य हुने गर्छन् । यी ज्ञानपत्र फ्याक...